कोरोनालाई जितेर फर्केकी प्रसिद्धिलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर आज डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकलाई पनि बधाई तथा धन्यवाद भनेका छन्।

अस्पताल भर्ना भएको २७ दिनपछि प्रसिद्धि आज डिस्चार्ज भएकी थिइन्।

उनी नेपालमा कोरोना संक्रमण देखिएकी दोस्रो व्यक्ति हुन्। पहिलो व्यक्ति पनि निको भएर घर फर्किसकेका छन्।

अब बाँकी २८ जनाको उपचार चलिरहेको छ।

‘कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्द्ध सबैलाई बधाई तथा धन्यवाद।’

कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।

— K P Sharma Oli (@kpsharmaoli) April 18, 2020

प्रतिक्रिया दिनुहोस्