काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलिने भएको छ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महीनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने प्रष्ट पारे।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरूलाई विद्युत् महसुल तथा बिलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो।
सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको २५ चैतको बैठकले जरिवाना छुट दिने निर्णय गरेको हो।
मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनिकरणमा सहयोग गरिदिन आग्रह गरेका छन्।
प्राधिकरणले चैत र वैशाखको महसुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ। यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो।
“लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौँ, ग्राहकहरूले अघिल्लो महीनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाइन सेवाप्रदायकमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ”, प्राधिकणका कार्यकारी निर्देशक घिसिङले भने, “लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ”।
लकडाउनको विषम परिस्थितिमा नियमित र भरपर्दो विद्युत् सेवाउ पलब्ध गराउन प्राधिकरण अहोरात्र खटिएको घिसिङले बताएका छन्।
“दैनिक सञ्चालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानीलगायतलाई रकम आवश्यक पर्छ, महसुल समयमा संकलन नहुँदा हाम्रो न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले यस्तो सम्भावित अवस्था आउन नदिन अनलाइनमार्फत् महसुल भुक्तानीका लागि अनुरोध गर्दछु”, घिसिङले भने, “ग्राहकवर्गले प्राधिकरणलाई गर्दै आउनु भएको भरोसा र सहयोग यस्तो विषम परिस्थितिमा पनि निरन्तर रहने छ भन्ने विश्वास गरेका छौँ।”
प्राधिकरणले सिंगल फेज ग्राहकहरूको चैत्र र वैशाखको बिल फागुनको बिलअनुसार नै गर्नेछ भने थ्रि फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक बिल गर्नेछ।
सिंगल फेज ग्राहकहरूको यी महीनाहरूको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार बिलमा मिलान गरिने छ।
मन्त्रिपरिषद्को निर्णयकाआधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही बैशाखको बिलको इनर्जी शुल्क (न्युनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ।
चैत्र महीनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउने छ भने बिल तिरिसकेका ग्राहकको हकमा वैशाखको बिलमा मिलान गरिनेछ।
" /> काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलिने भएको छ।निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महीनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

">