बागलुङ। “बाबुलाई नि धन्यवाद छ, आमाको”, उनले कुराकानीको बिट मारिन्।
लाग्यो, उनी अस्पतालको शय्याबाट बोल्दै थिइनन्। विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो।
“जाती नै छु बा, स्वास्थ्य ठिक छ”, पहिलो जवाफमै उनी दृढ सुनिइन्, “रोग जित्न आत्मबल चाहिने रहेछ।”
कोभिड–१९ बाट संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया उनी चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त छिन्। ४ वैशाखमा तेस्रोपटक जाँच्दा उनीमा कोभिड-१९ नेगेटिभ देखिएको थियो। चौँथो रिपोर्ट पनि नेगेटिभ आए अस्पताल बसाइँ टुंगिनेछ। “अस्पताल आएको आज १७ दिन भयो, फेरि जाँच्ने भनेर चिकित्सले स्वाब लानुभएको छ”, उनले भनिन्, “अबको रिपोर्ट पनि नेगेटिभ आए हजुरलाई घर पठाउँछौँ भन्नुभएको छ।”
धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत उनको अवस्था सामान्य छ। चिकित्सकका अनुसार पुरानै उच्च रक्तचाप र दमको औषधि नियमित दिइएको छ। “दाँत कीराले खाएको भएर प्रेसर केही बढेजस्तो भयो, बीचमा अलिअलि कान दुख्यो, अहिले त एकदम ठिक छु”, उनले भनिन्।
उनमा कोभिड–१९ को लक्षण न पहिले देखियो न अहिले छ। “दम शुरू भएको १५/१६ वर्षअघि हो, पुरानो समस्याबाहेक अरू मलाई केही छैन”, उनले भनिन्, “कोरोना लागेपछि पनि मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो।”
उनमा अहिले पनि उस्तै इच्छाशक्ति छ। “मन बलियो बनाउने र खानपानमा ख्याल गर्ने हो भने रोगसँग लड्न सकिन्छ”, उनले भने, “पानी धेरै पिउनुपर्ने रहेछ, अहिले पनि दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउँछु।”
आइसोलेसन कक्षमा बस्दा मोबाइलमा गीत सुनेर, ‘भिडिओ’ हेरेर समय बिताउने गरेको उनको भनाइ छ। बरू, आफूसँगै बेल्जियमबाट आएकी अर्की संक्रमित युवतीको चौथो जाँचको रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई ननिको लागेको छ।
पहिले अझ धेरै पानी पिउने गरेको र शरीर गलेजस्तो भएपछि मात्रा केही घटाएको उनको भनाइ छ। उनले अहिले दैनिक बिहान, बेलुका दूध पिउने गरेका छन्।
नियमित खाना, खाजाको प्रबन्ध अस्पतालले नै मिलाएको छ। “खाना, खाजा लिएर नर्स नानीहरू आउनुहुन्छ, चिकित्सकहरू पनि बेलाबेला आउनुहुन्छ, फोन गरेर पनि सोध्नुहुन्छ”, उनले भने, “सबै कुरा राम्रो छ, आफ्नै ठाउँको अस्पतालमा बस्न पाइएको छ, सबैले सम्झनुभएको छ, बोल्न पाएकी छु।”

“उनी पनि मसँगै आएकी नानी हुन्, उनमा पनि नेगेटिभ देखिए कति खुशी हुने थिएँ, जे भए पनि सँगै आइयो, अहिले एउटै अस्पतालमा छौँ”, उनले भनिन्। सोही नगरपालिका–४ की १९ वर्षीया युवती पनि अहिले आइसोलेसनमा उपचाररत छिन्।
संक्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एअरको क्यूआर ६५२ मा गत ४ चैतमा नेपाल आएका थिए। युवतीमा १५ चैत र महिलामा २० चैतमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। युवतीको पनि स्वास्थ्य अवस्था सामान्य छ। दुवैजना परिवार र आफन्त भेट्न बेल्जियम पुगेका थिए।
“रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरूले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ काटेर बसेकी छु।”
“घरबाट फागुन १३ गते हिँडे, काठमाडौँबाट १४ गते उडियो, त्यही राति नै बेल्जियम पुगेँ”, उनले भनिन्, “कान्छी छोरीले बोलाएर एक महीनालाई घुम्न गएकी थिएँ।” युवती भने बुबाआमा भेट्न गत माघमै बेल्जियम पुगेकी थिइन्।
बेल्जिममा महिलाकी कान्छी छोरी, ज्वाइँ र नातिनातिना बस्छन्। कोरोना भाइरस संक्रमणको विश्वव्यापी सन्त्रासबीच उनी गत ४ चैतमा बेल्जियमबाट नेपाल फर्किएका थिए। घर फर्केपछि पनि सबै ठिकठाकै थियो। कोरोना भाइरस संक्रमणको न कुनै आशंका थियो। “घरमा श्रीमानको श्राद्ध पनि थियो, घरमै बसेँ, नुहाउने, धुने आफैँ गरेँ”, महिलाले भनिन्, “सँगै आएकी नानीलाई कोरोना लागेको थाहा पाएपछि मेरो पनि जाँच भयो, रिपोर्ट पोजिटिभ आयो।”
फ्रान्सबाट दोहा हुँदै आएकी काठमाडौँकी युवतीमा कोरोना भाइरस देखिएपछि सोही विमानमा फर्किएकी बागलुङकी युवतीमा पनि कोरोना भाइरसको जाँच गर्दा संक्रमण पुष्टि भएको थियो।
बागलुङकी १९ वर्षीया युवती नेपालको पाँचौँ र ६५ वर्षीया महिला छैटौँ संक्रमित हुन्। महिलाको घरमा दुई छोरा, बुहारी, नातिनातिनालगायत छन्। जेठी छोरी पनि बागलुङमै छिन्। उनीहरूलाई रिपोर्ट नेगेटिभ आएको पहिलो खबर बिहीबार साँझ छोरीले नै सुनाएकी थिइन्। “रिपोर्ट नेगेटिभ आएको कुरा पछि अस्पतालका नानीहरूले पनि सुनाए, हिजो तेल, काइँयो पनि ल्याइदिए, आज त बिहानै कपाल कोरेर, नङ काटेर बसेकी छु”, उनले भनिन्। घर फर्कन र परिवारका सदस्यलाई भेट्न उनी व्यग्र प्रतीक्षारत छिन्।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कुनै औषधिबिनै संक्रमित महिला कोरोना भाइरससँग लडिरहेको बताए। “कोरोनाको कुनै लक्षण पनि देखिएको छैन, उहाँमा उच्च रक्तचाप र दमको पुरानै समस्या भएकाले विशेष निगरानी भने गरिरहेका छौँ”, उनले भने।
प्रमुख चिकित्सक पोखरेलका अनुसार चौथो जाँचका लागि महिलाको स्वाब हिजो, ५ चैतमा पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। “कहिलेकाहीँ रिपोर्ट ढिलो आउँछ, दोहोर्याएर पनि जाँच्नुपर्ने हुन सक्छ”, उनले भने।
चौथो जाँचको रिपोर्ट पनि नेगेटिभ आए महिलालाई ‘डिस्चार्ज’ गर्ने अस्पतालको तयारी छ। लगातार दुईपटक जाँच्दा कोरोना भाइरस नेगेटिभ देखिएमा मात्र संक्रमितलाई घर पठाउन मिल्ने चिकित्सक बताउँछन्।
पछिल्लोपटक गरिएको जाँचमा नेगेटिभ रिपोर्ट आएपछि उपचारमा संलग्न चिकित्सकसमेत उत्साहित छन्। -रामबहादुर थापा/रासस