मुख्यमन्त्रीले नै गरे चामल दिएर फोटो सेसन ! 
हो, त्यस्तै भएको छ, सुदूरपश्चिम प्रदेशमा। त्यो पनि प्रदेश सरकारबाटै।
देश लकडाउन भएपछि गरीब र असहायको सेवामा समर्पित यहाँका केही संस्थालाई गत २१ चैतमा प्रदेश सरकारका स्वयम् मुख्यमन्त्री त्रिलोचन भट्ट साथमा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र कृषिमन्त्री विनिता चौधरी चारैजनाले खाद्यान्न हस्तान्तरण गरेको भन्दै फोटो सेसन नै गराए।
२१ चैतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको भन्दै सञ्चारमाध्यमलाई जानकारीसमेत गराइयो। तर, ती खाद्य सामग्री सम्बन्धित ठाउँमा अझै पुग्न सकेको छैन।
उक्त दिन मुख्यममन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीले दुवै संस्थालाई चामल, दाल, नुन र तेल गरी एक सय पेटीका दरले खाद्यान्न वितरण गरिएको भन्दै सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए। तर, प्रदेश सरकारले जानकारी दिएको १६ दिन पुगिसक्दासम्म दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमले राहत पाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्