काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनका कारण बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या आउन सक्ने भन्दै त्यसमा सजग हुन अभिभावकहरूलाई आग्रह गरेको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरूले असहज अवस्था भोगेको हुन सक्ने, मानसिक वा मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताएका हुन्।
“सुत्न नसक्ने वा डराउने लगायतका समस्या भोगिरहेका हुन सक्छन्”, उनले भने, “उनीहरूको हेरचाहमा विशेष ख्याल गर्न, रमाइलो वातावरण सिर्जना गर्न, घरभित्रै खेल्न सक्ने खेलहरूको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्छ।”
मन्त्रालयले यो समयमा बालबालिका, किशोरकिशोरीलाई विभिन्न शारीरिक तथा बौद्धिक क्षमता वृद्धि गर्ने क्रियाकलापमा सहभागी गराउन र टेलिभिजनहरूमा धेरै डरलाग्दा कुरा हेर्न नदिन पनि सुझाव दिएको छ।
“धेरै टेलिभिजन, मोबाइल लगायतका सामग्रीहरूमा डरलाग्दा दृश्य हेर्दा उनीहरूमा गम्भीर असर पर्न सक्छ”, प्रवक्ता देवकोटाले भने, “उनीहरूलाई घरायसी काममा सहभागी गराउने, सहज वातावरण प्रदान गर्ने र पारिवारिक वातावरणमा घुलमिल गराउने काम गर्नु उपयुक्त हुन्छ।”
लामो समयको लकडाउनका कारणले धेरैजसो बालबालिकामा यस्ता समस्या आएमा त्यसले भविष्यमा असर पर्न सक्नेतर्फ ध्यान दिनुपर्ने विज्ञहरूको पनि सुझाव छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनका कारण बालबालिका र किशोरकिशोरीमा मानसिक समस्या आउन सक्ने भन्दै त्यसमा सजग हुन अभिभावकहरूलाई आग्रह गरेको छ।नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरूले असहज अवस्था भोगेको हुन सक्ने, मानसिक वा मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताएका हुन्।

">