काठमाडाडैं। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ।
स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको हो।
बिरामीको सङ्ख्यामा हुनसक्ने सम्भावित वृद्धि र त्यसपछिको उत्पन्न हुनेसक्ने असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले कोभिड–१९ र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै तहगतरूपमा स्वास्थ्य संस्थाको जिम्मेवारी छुट्याएको छ।
स्वास्थ्य सेवा सञ्चालनमा समुचित मार्ग निर्देश गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिकामार्फत् तहगतरूपमा सेवा विभाजन गरेको हो। निर्देशिका जारी भएसँगै तोकिएको अस्पतालले निर्देशिकामा उल्लेख भएअनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।
प्राथमिक र विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद, सम्भावित र पुष्टि भएका बिरामीको व्यवस्थापन सरल र सहज बनाउन सरकारले उक्त निर्देशिका जारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए।
निर्देशिकामा कोभिडबाहेकका स्वास्थ्य सेवालाई निरन्तरता दिन र कोभिड–१९ को प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरेको छ।
सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म सरल पहुँचका लागि स्थानीय तहले अवश्यक प्रबन्ध मिलाउने व्यवस्था गरिएको छ। कोभिड– १९ को शङ्कास्पद सम्भावित र पुष्टि भएका केसको व्यवस्थापनका लगि तहगत व्यवस्था गर्न भनिएको छ।
महामारी अवधिभर कोभिड क्लिनिक सञ्चालन गरी शङ्कास्पद बिरामीलाई छुट्याइ सेवा सञ्चालन भइरहेको सरकारले जनाएको छ। मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थालाई पाँच तहमा विभाजन गरिएको छ। कुन तहको स्वास्थ्य संस्थाले कस्तो सेवा उपलब्ध गराउने भन्ने स्पष्ट तोकिदिएको श्रेष्ठले बताए।
निर्देशिका अनुसार कुनै अस्पतालले उपलब्ध गराएको स्वास्थ्य सेवाका क्रममा कोभिड–१९ पोजिटिभ पुष्टि नभएसम्म बिरामीलाई अन्य अस्पतालमा पठाउन पाउने छैन। पठाउँदा स्थानीय सरकारको आधिकारिक स्वास्थ्य संस्थाको स्वीकृति लिनुपर्नेछ।
स्वास्थ्य सेवा सञ्चालनका लागि सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई समेटेर १११ वटा कोभिड क्लिनिक अस्पताल सञ्चालन गरेको छ। ती अस्पतालले आवश्यक क्लिनिक सेवा दिने छन्। जिल्लास्थित् प्रादेशिक अस्पताल, मेडिकल कलेज, कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल हुन्। मुख्य गरी आइसोलेसन, नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ। यसलाई दोस्रो तहको अस्पतालको मान्यता छ।
पहिलो तहका अस्पताल
सरकारले जारी गरेको निर्देशिकामा सबै स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र र प्राथमिक अस्पताल पहिलो तहका अस्पताल तोकिएको छ। यसले आधारभूत परामर्श तथा प्रेषण सेवा उपलब्ध गराउनेछ। यस किसिमका अस्पतालले बिरामीलाई आवश्यक परामर्श दिइ शङ्कास्पद भएकालाई नजिकको कोभिड क्लिनिक अस्पताल वा तोकिएको कोभिड अस्पतालमा समन्वय गरी पठाउने छन्।
दोस्रो तहको अस्पताल
जिल्लास्थित् प्रादेशिक अस्पताल, मेडिकल कलेज कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल दोस्रो तहका अस्पताल हुन्। यस्ता अस्पताल मुलुकभर १११ वटा तोकिएको छ। उक्त अस्पतालमा आइसोलेसन वार्डसमेत छ।
यहाँबाट नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ। उक्त अस्पतालले पहिलो तहबाट आएका बिरामीको स्क्रिनिङ गरी शङ्कास्पद बिरामीको आइसोलेसनमा राखेर उपचार गर्न सक्छन्।
नमूना सङ्कलन गरी तोकिएको प्रयोगशालामा पठाउनुपर्ने हुन्छ। पोजिटिभ देखिएका सामान्य अवस्थाका बिरामीलाई ‘लेबल १ कोभिड’ अस्पतालमा र जटिल तथा अति जटिल अवस्थाका बिरामीलाई लेबल २ कोभिड अस्पतालमा सिधै पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ।
तेस्रो तहको अस्पताल
सरकारले तेस्रो तहको अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पताल भनेर तोकेको छ। यहाँ सामान्य किसिमका बिरामीको उपचार हुन्छ। कोभिड क्लिनिकबाट पठाइएका र यही अस्पतालमा पहिचान भएका बिरामीको आइसोलेसनमा राखेर उपचार गर्ने काम ‘लेबल १ कोभिड’ अस्पतालले गर्छ।
बागमती प्रदेशमा आयुर्वेद रिसर्च एण्ड टे«निङ सेन्टर कीर्तिपुर, काठमाडौं मेडिकल कलेज भक्तपुर, कोरोना अस्थायी अस्पताल भरतपुर रहेका छन्। प्रदेश १ मा कोभिड अस्थायी अस्पताल विराटनगर र प्रदेश २ मा जानकी अस्पताललाई तोकिएको छ। गण्डकी प्रदेशमा बाग्लुङ अस्पताल र पोखरास्थित् पोखरा एकेडेमी अफ हेल्थ साइन्सलाई तोकिएको छ।
यस्तै प्रदेश नं ५ मा राप्ती एकाडेमी अफ हेल्थ रिसर्च अस्पताल, राप्ती प्रादेशिक अस्पताल दाङ, लुम्बिनी अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई तथा, कर्णाली प्रदेशमा अस्थायी कोभिड अस्पताल (सुर्खेत अस्पताल) र सुदूरपश्चिम प्रदेशमा अछाम अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पतालका रूपमा तोकिएको छ।
चौथो तहको अस्पताल
चौथो तहको अस्पताललाई ‘लेबल २ कोभिड’ अस्पताल भनेर तोकिएको छ। यहाँ मध्यम र अति जटिल बिरामीको उपचार हुन्छ। अन्य अस्पतालबाट रिफर भएर आएका बिरामी तथा अति जटिल केस यसले हेर्छ। हाइडिपेन्डेन्सी र आईसीयू केयर भएका तोकिएका कोभिड अपतालमा प्रोटोकलअनुसार उपचार गर्ने गरिन्छ।
यस्ता अस्पताल बागमती प्रदेशमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पताल रहेको छ। प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा कर्णाली एकेडेमी अफ हेल्थ साइन्स र सुर्खेत अस्पताल तथा सुदूरपश्चिमा प्रदेशमा सेती अस्पताल छन्।
पाँचौँ तहका अस्पताल
‘लेबल ३ कोभिड’ अस्पतालहरू पाँचौँ तहका अस्पताल हुन्। यसमा बहुविज्ञ सेवा उपलब्ध छ। पूर्वको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ, नेपालगञ्ज मेडिकल कजेल कोहलपुरलाई लेबल ३ मा राखिएको छ। तेस्रो तहको कोभिड अस्पतालमा भने शल्यक्रिया सेवासहित बहुविज्ञ सेवा प्राप्त हुने छ।
एम्बुलेन्स सेवा
सरकारले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्याउनका लागि तयार पारिएको निर्देशिकाबमोजिम कोभिड केसका लागि सङ्घ, प्रदेश र जिल्ला तहमा आवश्यक एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ। काठमाडौं उपत्यकाको हकमा एम्बुलेन्स सेन्टर (१०२) र कोभिड कल सेन्टर ११३३ मार्फत सेवा प्रदान भइरहेको छ।
उपत्यका बाहिर नेपाल प्रहरीको १०० र एम्बुलेन्स कल सेन्टर १०२ मा फोन सम्पर्क गरेर सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोभिडबाहेकका अन्य आकस्मिक र जटिल अवस्थामा समेत एम्बुलेन्स सेवा नियमित रहेको सरकारले जनाएको छ । नारायण ढुङ्गाना/रासस
" /> काठमाडाडैं। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ।स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको हो।

">