एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे पारस र पटवाल

काठमाडौं। हिजो मात्रै राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्का आज एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्न अस्पताल पुगेका छन्।

पारस सहित नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवाल पनि मुस्कानलाई भेट्न कीर्तिपुर अस्पताल पुगे। त्यसैगरी क्रिकेटरहरू सोमपाल कामी, अविनाश बोहरालगायतले पनि मुस्कानलाई भेटेका छन्।

१५ वर्षीया मुस्कानलाई एक महिनाअघि वीरगन्जमा दुई युवाले एसिड प्रहार गरेका थिए।

उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

मुस्कानलाई भेटेपछि पारसले उनी सबैको लागि प्रेरणाको स्रोत भएको बताएका छन् । सामाजिक सञ्जालमा भेटको तस्वीर राख्दै पारसले यो घटनामा संलग्न व्यक्तिलाई सरकारले कडा कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्