काठमाडौं। जनकपुरमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडीटी किट परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ।
जनकपुरको महावीरचौकमा पैसा फालेर फरार भएका उनीहरूलाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ गरेलगत्तै प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा लगेर उनीहरूको आरडीटी किट परीक्षणबाट रिपोर्ट जाँच गरिएको थियो। उक्त परीक्षणमा दुईमध्ये एक महिलाको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
पोजिटिभ देखिएकी महिलाको स्वाब परीक्षणको लागि नमूना संकलन गरिएको प्रादेशिक अस्पतालका टेक्निसियन विजयकुमार यादवले जानकारी दिए। ल्याब स्वाव परीक्षणको नतिजा भोलि आउने उनले बताए।
हिजो दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएका दुवैजनालाई सीसीटीभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई प्रहरीले आज पक्राउ गरेको हो।
पक्राउ परेको दुबैजना नन्द–भाउजु रहेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए।
महावीरचौकको बाटोमा १० रूपैयाँको एक दर्जन बढी नोट उनीहरूले फालेर हिँडेका थिए।
स्थानीयले सडकमा पैसा फालेर हिँडेको भन्दै प्रहरीलाई खबर गरेपछि उनीहरूको खोजी तीव्र पारिएको थियो।
प्रहरीले यसबारे गम्भीर रूपमा अनुसन भइरहेको जनाएको छ। उनीहरूले सडकमा पैसा फाल्दै किन हिँडे र उनीहरूको योजना के थियो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ।
" /> काठमाडौं। जनकपुरमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडीटी किट परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ।जनकपुरको महावीरचौकमा पैसा फालेर फरार भएका उनीहरूलाई आज प्रहरीले नियन्त्रणमा लिएको थियो।

">