लण्डन। कोरोना भाइरसका कारण बेलायतमा अहिलेसम्म १६ जना नेपालीको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि बेलायतमा मृत्यु हुने नेपालीको संख्या अत्याधिक बढेको हो। मृत्यु हुनेहरूमा अधिकांश वृद्ध भुतपूर्व ब्रिटिस गोर्खा सैनिकहरू छन्।
कोरोनाको कारण १६ जना नेपालीको मृत्यु भएको लण्डनस्थित् नेपाली दूतावासले पुष्टि गरेको छ। तर, अहिले बेलायतमा कति नेपाली संक्रमित भए भन्ने आधिकारिक तथ्यांक भने कसैसँग छैन।
दूतावासका उपनियाेग प्रमुख शरदराज आर्यनका अनुसार बेलायतभर १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएका छन्। सातजना उपचाररत् छन्। यो संख्या थप हुन सक्ने अनुमान गरिएको छ।
दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमति हुनेहरूको संख्या एक लाख माथि पुगेको छ भने १४ हजार भन्दा बढीको मृत्यु भएको बेलायतस्थित् सञ्चारमाध्यमहरूले जनाएका छन्।
दैनिक सयौँको संख्यामा कोरोना भाइरसबाट मानिसहरूको मृत्यु हुँदै आएको छ।
कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि धेरै मानिस घरभित्र बस्न बाध्य छन्। कोरोना भाइसको महामारीले देश नै लकडाउन भएपछि रोजगारमुलक काम बन्द छन्। जसले मानिसहरूमा बेरोजगारीको समस्या निम्त्याएको छ।
" /> लण्डन। कोरोना भाइरसका कारण बेलायतमा अहिलेसम्म १६ जना नेपालीको मृत्यु भएको छ।कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि बेलायतमा मृत्यु हुने नेपालीको संख्या अत्याधिक बढेको हो। मृत्यु हुनेहरूमा अधिकांश वृद्ध भुतपूर्व ब्रिटिस गोर्खा सैनिकहरू छन्।

">