काठमाडौं। शव चलाउने सबै ठाउँमा दाउरा सजाएर राखिएको छ। कोही पीपीई लगाएर त कोही घाँटीमा कार्ड झुण्ड्यार नजिकैको बेञ्चमा बसेका छन्। एकापसमा कुराकानी चलिरहेको छ। विदुर बुढाथोकी भन्दै थिए, “अहिले दिनभरमा बढीमा ८-१० वटा लास आउँछन्। यो काम गर्न थालेको १५ वर्षमा पहिलोपटक फुर्सदिलो भइयो।”
कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीसँग जुध्न देश लकडाउनमा छ। र, त्यसको असर पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि आउने शवमा पनि परेको छ। विदुर आर्यघाटमा शवको अन्तिम संस्कार गर्ने काम गर्छन्।
लकडाउन शुरू भएको ११ चैतभन्दा एक दिन अगाडि मात्र आर्यघाटमा २४ वटा शव जलाइएको थियो। तर, ५ वैशाखमा ८ शव मात्र जलाइएको पशुपति आर्यघाटका खरिदार नवराज ढुडारीले जानकारी दिए।
आर्यघाटमा शव जलाउन २६ जनाको समूह छ। उनीहरू २४सै घण्टा आलोपालो मिलाएर काम गर्छन्। अहिले शव घटेसँगै कामदारको संख्या पनि आधा घटेको छ।
शव जलाउने कर्मचारीलाई पीपीई सेट
पशुपति क्षेत्र विकास कोषले शवदाहको काममा खटिने कर्मचारीलाई पीपीई, पञ्जा, मास्कलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ। कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको बताए। तर, कर्मचारीले भने पीपीई नलगाई शव जलाउने गरेकाे देखियो।
“आगो नजिक गएर काम गर्नुपर्ने हुँदा धेरै गर्मी हुन्छ। पीपीई सेट लगाएपछि शरीरमा हावा छिर्न नपाउँदो रहेछ। आगोछेउ काम गर्दा सकस हुने रहेछ”, बुढाथोकीले भने।
शव जलाउन कागजात अनिवार्य
सुरक्षालाई ध्यानमा राखेर पशुपति क्षेत्र विकास कोषले यहाँ ल्याइने शवमा केही कडाइ गरेको छ। आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याइने शवहरूका लागि अनिवार्य कागजात देखाउनुपर्ने नियम लागू गरिएको छ। सामान्य कालगतिले मृत्यु भएको हो वा उपचारका क्रममा केही रोगले मृत्यु भएको भन्ने थाहा पाउन यस्तो व्यवस्था गरिएको खतिवडाले बताए।
“अस्पतालमा मृत्यु भए पोष्टमार्टम रिपोर्ट वा अस्पतालको पत्र, विदेशमा भए विदेशका कागजात, घरमै मृत्यु भएमा त्यसको पुष्टि गर्ने आधारसहित आएका शवलाई मात्र दाहसंस्कार गर्न पाउने व्यवस्था गरेका छौं”, उनले भने।
“केही दिन अगाडि दिल्लीबाट एउटा शव आयो। क्यान्सर भएर मृत्यु भएको रहेछ। उनीहरूले घरबाटै ल्याएका हौं भनेर जलाए। उनीहरूले झुट बोल्दा काम गर्ने कर्मचारीलाई जोखिमसँगै डर पनि हुन्छ। त्यही भएर यो नियम कडाइका साथ लागू गरेका हौं”, उनले भने।
मलामी पनि घटे
भनाइ नै छ, जिउँदाको जन्ती मर्दाको मलामी। बूढापाका भन्ने गर्छन्, “मानिस कमाउनु भनेकै मरेपछि मलामी जान हो।”
तर, शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रामेछापका हरिशंकर थापाको अन्तिम संस्कारमा जम्मा १५ जना थिए। छिमेकी श्याम कार्कीका अनुसार लकडाउन नभएको भए कम्तीमा पनि ३०० जना मलामी हुने थिए। यो बेला मर्नु पनि ठूलै पाप गरेजस्तो भइरहेको कार्कीले बताए।
त्यस्तै घरमै कालगतिले मृत्यु भएका स्वयम्भूका ५० वर्षीय नारायण कार्कीको अन्तिम संस्कारका लागि जम्मा १२ जना मलामी थिए। मृत्युको शोकमा दुःख मनाउने, परिवारलाई ढाडस दिने कोही थिएनन्। परिवारका सदस्य मात्र अन्तिम संस्कारमा थिए। लकडाउनमा धेरैजना मलामी आउन कठिन भएको, आए पनि जोखिम बढेको कार्कीको मलामी आएका विकास आचार्यले बताए।
" /> काठमाडौं। शव चलाउने सबै ठाउँमा दाउरा सजाएर राखिएको छ। कोही पीपीई लगाएर त कोही घाँटीमा कार्ड झुण्ड्यार नजिकैको बेञ्चमा बसेका छन्। एकापसमा कुराकानी चलिरहेको छ। विदुर बुढाथोकी भन्दै थिए, “अहिले दिनभरमा बढीमा ८-१० वटा लास आउँछन्। यो काम गर्न थालेको १५ वर्षमा पहिलोपटक फुर्सदिलो भइयो।”

">