डिस्चार्ज भएकी हुन्। उनी नेपालमा देखिएको दोस्रो संक्रमित थिइन्। टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचाररत उनलाई आज डिस्चार्ज गरिएको हो। कोभिड-१९ का कुनै लक्षण नदेखिँदै उनी परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। फ्रान्समा आफ्नी सहपाठी (भियतनामी) साथीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि उनी आफूलाई भए/नभएको ढुक्क हुन अस्पताल पुगेकी थिइन्।
नेपाल फर्किएपछि पनि कडा अनुशासनको पालना गरेर सेल्फ क्वारेन्टाइनमा बसेकी उनीबाट अरूलाई संक्रमण भएको अहिलेसम्म देखिएन। आज डिस्चार्ज भएपछि उनले सबैलाई सेल्फ क्वारेन्टाइनमा अनुशासित भएर बसिदिन आग्रह गरेकी छन्।
त्यस्तै आजै डिस्चार्ज भएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेलको सफलता त अझ आशालाग्दो छ। सामान्यतया उमेर पुगेका र अन्य रोग लागेका व्यक्तिलाई कोरोना भाइरसले धेरै नै सिकिस्त बनाउने चिकित्सकहरूले बताउँदै आएका थिए। मनकुमारी एकातर्फ बुढ्यौली उमेरमा पुगेकी अर्कोतर्फ सुगर र ब्लड प्रेसर जस्ता रोगकी पनि बिरामी। तर, ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनको स्वास्थ्यमा कुनै पनि प्रकारको जटिलता नदेखिकनै निको भएर डिस्चार्ज भएकी छन्।
कुनै लक्षण नदेखिएको भए पनि विदेशबाट आएका व्यक्तिहरूलाई खोजी गरेर परीक्षण गर्ने क्रममा उनमा कोभिड-१९ पुष्टि भएको थियो। उनी नेपालमा कोभिड(१९ संक्रमित भएको छैठौं व्यक्ति थिइन्। संक्रमित बिरामी बोक्न नमानेर एम्बुलेन्स चालक भागेपछि बाग्लुङका जनस्वास्थ्य अघिकृत सुरज गुरौ र जनस्वास्थ्य कार्यालयका सवारी चालक रूद्र पराजुलीले उनलाई धौलागिरी अस्पताल पुर्याएका थिए। त्यसयता पनि कुनै स्वास्थ्य जटिलताविना नै उनी डिस्जार्ज भएकी छन्।
यससँगै नेपालमा कोभिड-१९ का पहिलो, दोस्रो र छैठौं संक्रमित निको भएर घर फर्किसकेका छन्। आज, ६ वैशाख साँझको अपडेटमा एक जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ। जसमध्ये तीन जना अर्थात् करीब १० प्रतिशत बिरामी निको भएका छन्। उपचाररत २८ जनामध्ये कसैको पनि अवस्था जटिल छैन। सबैजनाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ।
अहिलेसम्म कञ्चनपुर, कैलाली, बाग्लुङ, चितवन, धादिङ, काठमाडौं, पर्सा, रौतहट र उदयपुरमा संक्रमित भेटिएका छन्। नेपाल माल्दिभ्स र भुटानसँगै संक्रमितको संख्या १०० नपुगेका दक्षिण एशियाका तीन देशको सूचिमा रहिरहेको छ। दक्षिण एशियामा यिनै तीन देश छन्, जहाँ कोभिड-१९ संक्रमणका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनुपरेको छैन।
" /> डिस्चार्ज भएकी हुन्। उनी नेपालमा देखिएको दोस्रो संक्रमित थिइन्। टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचाररत उनलाई आज डिस्चार्ज गरिएको हो। कोभिड-१९ का कुनै लक्षण नदेखिँदै उनी परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। फ्रान्समा आफ्नी सहपाठी (भियतनामी) साथीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएपछि उनी आफूलाई भए/नभएको ढुक्क हुन अस्पताल पुगेकी थिइन्।नेपाल फर्किएपछि पनि कडा अनुशासनको पालना गरेर सेल्फ क्वारेन्टाइनमा बसेकी उनीबाट अरूलाई संक्रमण भएको अहिलेसम्म देखिएन। आज डिस्चार्ज भएपछि उनले सबैलाई सेल्फ क्वारेन्टाइनमा अनुशासित भएर बसिदिन आग्रह गरेकी छन्।

">