काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश जसो नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एक जना यस्ता नेता छन्, जो जनतासँग जोडिएर श्रम सहकारीमार्फत् काम गरिरहेका छन्।

कोरोनाको सङ्क्रमण फैलने त्रासका बीचमा अधिकांश राजनीतिक नेतृत्व चुपचाप ‘होम क्वारेन्टाइन’मा बसिरहेको बेला रुकुमका यी सांसद यतिबेला स्थानीय तहहरूमा पुगेर श्रम अभियान चलाइरहेका छन्। देशभित्रै केही गर्न सकिन्छ र सङ्कटमा समेत आम जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिरहेका छन्।

धेरैले खरो र आफूलाई मनमा लागेको कुरा स्प्रष्ट बताउने नेताको छवि भएका नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा यतिबेला पश्चिम रुकुमको बस्तीबस्तीमा आइसोलेसन कक्ष बनाउन लागिरेका छन्।

नेता शर्माको नाम लिने बित्तिकै धेरैले उज्यालो नेपालको अभियन्ताका रूपमा चिन्छन्। विद्युत् भार कटौतीले जर्जर बनाएको नेपाललाई उज्यालोको यात्रामा लैजाने जश इतिहासले शर्मालाई दिएको छ। कहिल्यै चुप लागेर नबस्ने, सधै जनतामा सर्मपित हुने र जनतासँग जोडिने उनको विशेष स्वभाव छ।

कार्यकर्ता परिचालनमा त उनी युद्धका बेलादेखि नै पाराङ्गत थिए। तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा होस् या गृहमन्त्री हुँदा होस् उनी आफ्नो जिम्मेवारीमा खरो उत्रिएका थिए। आजकल जनताको नेतृत्वमा स्थानीय कार्यकर्ता परिचालन गरेर उनले पश्चिम रुकुममा गरिरहेको काम आम नेपालीका लागि समेत उदाहरण बन्न सक्छ।

उनी जनतासँग जोडिन लाज मान्दैनन्। दिएको जिम्मेवारी सधै फत्ते गर्ने स्वभावको छन्। जनताको विश्वास जितेका छन्। जनतासँग रमाउने खुवीका कारण पनि उनी लकडाउनको समयमा मर्कामा परेका धेरै रुकुमेलीको उद्धार गरेर आ–आफ्ना घरसमेत पुर्‍याइदिएका छन्।

लकडाउन भनेर चुप लागेर गरेका छैनन् उनी। विगत दुई वर्षदेखि नेता शर्माले आफ्नो जिल्लामा विकास निर्माणको काम गर्न श्रम सहकारी बनाएका छन्। त्यसलाई प्रत्यक्ष रूपमा नेतृत्व गरेका छन्। त्यसको संयोजन स्थानीय सरकारले गर्छ। उपभोक्ता समितिबाट काम गर्दा चौतर्फी विवाद आएको र चरम भ्रष्टाचार भएको पाइएपछि राजनीतिक नेतृत्व, स्थानीय जनता सबै मिलेर समूहमा काम गर्ने उनको प्रयासले सार्थकता पाउँदै गएको छ।

सबै निकायमा श्रम सहकारीमार्फत् काम गर्नुपर्छ भन्ने अवधारणामा १०/१० कोठाको आइसोलेस भवन बनिरहेको छ। चौरजहारीको आइसोलेसन भवन निर्माण १० दिनमा सकिएको छ। ८ वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी छ।

“जनता नै शक्तिका श्रोत हुन्। सबै कुरा जनताबाट सिकौं”, उनी भन्छन्।

कोरोना महामारी रोक्न जिल्लामा भौतिक पूर्वाधार थिएन। विशेष गरी नयाँ पालिकाका सुविधा थिएन। त्यसैलाई परिपूर्ति गर्न श्रम सहकारीले काम गरिरहेको उनले बताए।

नेता शर्माको पहलमा नै रुकुमको चौरजहारी, मुसीकोट र आठबिसकोटमा १०/१० बेडको ‘अट्याच बाथरुम’सहितको भवन बनिरहेको छ। त्योमध्ये चौरजहारीको काम सकिएको हो। अन्य दुई स्थानको काम पनि एक सातामा सकिन्छ। द्रूत गतिमा ढलान गरेर नै काम भएको छ। मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ। उनले भने, “मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुपर्‍‍यो। सोही परिणाम स्वरुप काम भइरहेको छ।”

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताका एक सूत्रधार नेता शर्माले पार्टी एकताको सन्दर्भमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जनपरिचालनबाट विकास निर्माण गर्न सकिने विषयमा लामो समय कुराकानी गरेको स्मरण गर्छन्।

“मेरो लामो कुराकनी भएको थियो, युवाको परिचालन र जनपरिचालनबाटै विकास निर्माण गर्नुपर्छ भन्ने कुरा भएको थियो। कामलाई तिव्रता दिन सकिन्छ भन्नेमा उहाँ (प्रधानमन्त्री ओली) पनि सकारात्मक हुनुहुन्थ्यो, तर सरकारको नीति तथा कार्यक्रमममा त्यो कुरा सम्बोधन गरिएन”, शर्माले भने, “राष्ट्रिय रूपमा आफूले भने अनुसार काम नभएपनि जिल्लामा त्यसलाई निरन्तरता दिएको छु।”

देशभर रहेका रुकुमका जनताले आफूलाई उद्धारका लागि अनुरोध गरेको जानकारी दिँदै उनले हालसम्म ९० समूह आआफ्नो घर पुगिसकेको बताए। अझै ६० समूह  आफ्नो सम्पर्कमा आएको उनले बताए।

देशभरकै ७५३ पालिकामा एकाध दिनमा नै श्रम परिचालन गरेर आइसोलेसन कक्ष बनाउन सकिने उनको विश्वास छ। त्यसो गरिए सात हजार ५०० आइसोलेसन कक्ष तत्कालै तयार हुन्छ। उनले अस्पताल, सडक, भवन, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा समेत जनपरिचालनमार्फत\ नै काम गर्न सकिने उल्लेख गरे।

जनतालाई परिचालन गर्दा विकास बजेट खर्च भएन भन्नुपर्ने अवस्थासमेत नरहने उनको विश्वास छ। आयोजनाको म्याद थप्दै जाने र निर्माण व्यवसायी मोटाउँदै जाने, विकास निर्माण सुस्त नहुने उनको विश्वास छ।

श्रम सहकारी तथा जनपरिचलनबाट तोकिएको समयभन्दा कममा आयोजनाको काम सकिने र समग्र राष्ट्र निर्माणको कामले समेत गति लिने शर्माको विश्वास छ।

“काम गर्न सत्ता र सरकार चाहिँदैन”, शर्मा भन्छन्।  रमेश लम्साल/रासस

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश जसो नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एक जना यस्ता नेता छन्, जो जनतासँग जोडिएर श्रम सहकारीमार्फत् काम गरिरहेका छन्।

"> जनतासँगै छन् जनार्दन, भन्छन्- ‘काम गर्न सत्ता चाहिँदैन’    : Dekhapadhi
जनतासँगै छन् जनार्दन, भन्छन्- ‘काम गर्न सत्ता चाहिँदैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्