प्रदेश १ः संक्रमितको संख्या १३ पुग्यो, १८९७ जनाको नमूना परीक्षण
विराटनगर। प्रदेश १ मा एक हजार ८९७ जनाको कोभिड–१९ परीक्षण गरिएको छ। यो संख्या आरडीटी र पीसीआर दुवै प्रविधिबाट गरिएको नमूना परीक्षणको हो।

सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५२६ जनाको नमूना परीक्षण भएको छ। पीसीआर विधिबाट गरिएका कूल ३७१ परीक्षणमध्ये १३ जनाको नतिजा पोजिटिभ देखिएको छ।

उनीहरू सबै उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएकारू हुन ।

संक्रमितमध्ये १२ भारतीय नागरिक र एकजना नेपाली रहेको मुख्यमन्त्री कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

१३ जनाको कोशी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

आरडीटी विधिबाट जम्मा २१० महिला र एक हजार ३१६ जनाको परीक्षण भएको छ ।

पीसीआर विधिबाट भने ६८ महिला र ३०३ जना पुरुषको परीक्षण भएको छ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, वैशाखसम्म ६०६ जना पुगेको छ । २० जना क्वारेन्टाइन अवधि सकेर निस्किएका छन्।

स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ५ महिला र १७ पुरुषसहित २२ जना छन् ।

होम क्वारेन्टाइनमा चार हजार ४९ जना बसिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्