बोइङ-७३७ मार्फत चीनबाट अमेरिका पुर्‍याइयो स्वास्थ्य सामग्री
सानफ्रान्सिस्को। चीनले पहिलो पटक कोभिड-१९ विरुद्धका स्वास्थ्य सामग्रीहरू अमेरिका निर्यात गरेको छ। शनिबार पहिलो ‘कोभिड-१९ ट्रान्सपोर्ट मिसन’ पूरा भएको हो।
अधिकारीहरूका अनुसार पाँच लाख ४० हजार थान मेडिकल-ग्रेड फेस मास्क हवाई मार्गमार्फत ढुवानी गरिएको हो। ती फेस मास्क कोभिड-१९ विरुद्धको उपचारमा निरन्तर खटिरहेका न्यु ह्याम्पसायरका स्वास्थ्यकर्मीहरूलाई वितरण गरिने छ।
डिन कामेन नामक मास्क उत्पादक कम्पनीले ती स्वास्थ्य सामग्री बनाएको हो। उक्त कम्पनीले डेका रिसर्च एन्ड डेभेलपमेन्ट कर्पोरेसनसँग सहकार्य गर्दै आएको छ।
अमेरिकी हवाई जहाज निर्माता कम्पनी बोइङले कोभिड-१९ विरुद्धको लडाईंमा स्थानीय समुदायलाई सहायता गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्