१८ जना बंगलादेशीलाई ‘एयर लिफ्ट’ गर्दै निगम <p>काठमाडौं। नेपाल वायु सेवा निगमले नेपालमा अलपत्र परेका १८ जना बंगलादेशी नागरिकलाई आज &lsquo;एयर लिफ्ट&rsquo; गर्दै ढाका पुर्&zwj;याइँदैछ।</p> <p>बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने निगमको एयरबस-३२० न्यारोबडी विमान ढाका पुगेर अपराह्न करिब तीन बजे पुनः काठमाडौं आइपुग्&zwj;ने तालिका छ।</p> <p>काठमाडौंबाट यात्री लिएर जाने विमान ढाकाबाट भने खाली नै काठमाडौं आउनेछ। काठमाडौं-ढाकाको एयर टाइम एक घण्टा २५ मिनेट छ।</p> <p>विमानलाई पाइलटहरू क्याप्&zwj;टेन रवीन्द्रकुमार शेरचन र उद्धव घिमिरेले उडाउने छन्। विमानमा रिना बज्राचार्य, प्रशान्त ओली, अन्जक महर्जन र मिना आचार्य चालक दलका सदस्य रहने छन्। अन्य चारजना प्राविधिकहरू विमानमा जाने छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्