मजदूरको राहत सामग्री लुट्ने पाँचजना पक्राउ
<p>वीरगंज। मजदूरहरूको राहत सामग्री लुट्ने पाँचजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।</p>
<p>हिजो, ६ वैशाख अपरान्ह पर्सागढी गाउँपालिका-५ पचमुखी टोलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरूलाई राहत वितरण गर्ने क्रममा राहत बाँड्नेहरूलाई आक्रमण गरी राहत लुटेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।</p>
<p>पक्राउ पर्नेहरूमा सोही टोलका २८ वर्षीय श्यामकुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर छन्।</p>
प्रतिक्रिया दिनुहोस्