टेस्ला कम्पनीका संस्थापक र पेपलका सह-संस्थापक एलन मस्कको महत्वाकांक्षी परियोजनाले छिट्टै सफलता प्राप्त गर्दैैछ। स्पेस-एक्सले नासाले भन्दा सस्तो दरमा रकेट र अन्तरिक्ष यान निर्माण गर्छ। उक्त कम्पनीले अन्तरिक्ष यानको मूल्य आधा कम गराइदिएको छ, १० करोडबाट साढे ५ करोड डलरमा। त्यसको कारण हो, उक्त कम्पनीले ८० प्रतिशत रकेटको ‘इनहाउस’ निर्माण गर्नु। जबकि, नासा अरू नै कम्पनीबाट सामान खरिद गर्थ्यो।
अन्तरिक्ष व्यापारमा निजीक्षेत्रका लगानीकर्ता पनि महत्वाकांक्षी परियोजनाका साथ सहभागी हुन थालेको यो पछिल्लो उदाहरण हो।
पृथ्वीजस्त तापक्रम र अवस्थिति रहेका ग्रहको खोजी र मंगल ग्रहमा पानी रहेको प्रमाण प्राप्त भएपछि अन्तरिक्षप्रति निजी कम्पनीको चासो ह्वात्तै बढेको छ। वर्षौंदेखि यस्तो चासो र अन्तरिक्षमा खोजीको संसार धेरै हदसम्म लामो दूरीसम्म देख्न सकिने दुरबिन र विज्ञानका कथा लेख्ने लेखकहरूमा सीमित थियो।
तर, अब अन्तरिक्षमा खोजी अभियान व्यावसायिक विषय बनिसकेको छ। हालसम्म अन्तरिक्षका सबै गतिविधि अमेरिका र रुसी सरकारका आर्थिक अनुदानबाट सञ्चालित थिए। अमेरिकामा नया“ प्रविधिको खोजी नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) र रुसमा फेडेरल स्पेस एजेन्सी (रोसकास्मोस)ले गर्दै आएका छन्।
पटक-पटक आर्थिक उतारचढाव आउँदा दुवै मुलुक अन्तरिक्षमा पहिलेजस्तो प्रशस्त रकम खर्च गर्ने हैसियतमा छैनन्। हुन त, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अन्तरिक्षमा खनिज उत्खनन् गर्ने एक कानुनमा हस्ताक्षर गरेर मानिसको चासो यसतर्फ बढाइदिएका छन्।
यस कानुनसँग जोडिएको विषय भनेकै निकट भविष्यमा अन्तरिक्षमा प्रयोगविहीन रहेको खनिज धर्तिमा ल्याएर व्यापार विस्तार गर्नु हो। यसमा निजी क्षेत्रको चासोलाई स्वाभाविक मान्न सकिन्छ।
त्यसैले हुन सक्छ, पछिल्ला वर्षमा संसारभरका धनी व्यापारीले अन्तरिक्षका लागि आपसी साझेदारी बढाएका छन्। अझै पनि आकाशगंगासम्मको पहु“च स्थापित गर्न लगानीकर्ताहरूले सकेका छैनन्। तर, त्यस्ता कम्पनीहरूमा लगानी बढाइएको छ, जसले रकेट र साना भूउपग्रह निर्माण गरिरहेका छन्।
अवसर कम र जोखिम रहेको अवस्थाका बावजुद आक्रामक लगानीकर्ताहरूले आफ्नो पैसा यस क्षेत्रमा लगाइरहेका छन्। अमेरिकाको सानफ्रान्सिस्कोस्थित बेसेमर ट्रस्टका डेभिड कोवेनको भनाइ मान्ने हो भने अन्तरिक्षमा लगानीको सही समय अब टाढा छैन। ‘मानिसको यस्तो प्रजाति बन्नु आवश्यक छ, जो एकबाट अर्को ग्रहमा आउन÷जान सक्छ,’ उनी भन्छन्।
उनको ग्लासगऊस्थित भूउपग्रह कम्पनी स्पायरले समुद्री जहाजहरू र मौसमका गतिविधिमाथि नजर राख्छ। न्युजिल्यान्डस्थित रकेट ल्याब त्यस्तै अर्को कम्पनी हो, जो साना भूउपग्रह प्रक्षेपण गर्ने प्रणालि निर्माण गर्छ।
अन्तरिक्ष उद्योग अझै पनि अन्य उद्योगको तुलनामा सानो छ। तर, यो तीव्र गतिमा बढिरहेको छ। फ्लोरिडाको न्यु स्पेस ग्लोबलका सह-संस्थापक रिचार्ड रकेटका अनुसार सन् २०११ मा अन्तरिक्ष उद्योगमा एक सय कम्पनी थिए। त्यसयता यो संख्या बढेर एक हजार नाघिसकेको छ। तीमध्ये सात सयवटा निजी क्षेत्रका कम्पनी हुन्।
अन्तरिक्षको क्षेत्रमा काम गर्ने ७० प्रतिशत कम्पनी अमेरिकी छन्। तर, युरोपमा पनि यस्ता कम्पनी बढ्ने क्रममा छन्। न्यु स्पेस ग्लोबलका सह-संस्थापक रिचार्डका अनुसार पछिल्ला वर्षमा खाडी मुलुकका धनाढ्यहरूले आफ्नो लगानी अन्तरिक्ष कम्पनीहरूमा खन्याइरहेका छन्।
पछिल्ला वर्षमा एयरबस र बोइङजस्ता जहाज निर्माता कम्पनीले पनि अन्तरिक्ष र भूउपग्रह प्रविधिमा अनुसन्धान र विकासमा काम गर्ने कम्पनीजस्ता ‘भर्जिन’ समूहमा लगानी बढाएका छन्। त्यस्तो समूहका कम्पनी ‘भर्जिन ग्यालेक्टिक स्पेस ट्राभल’का क्षेत्रमा काम गरिरहेका छन्।
सन् २०११ मा स्थापित नेदरल्यान्ड्सको कम्पनी ‘मार्स वान’ले त मंगलग्रहमा पहिलो मानव पाइला टेकाउने लक्ष्य नै राखेको थियो। उक्त कम्पनीका अनुसार मंगल ग्रहमा चार जनालाई पठाउन ६ अर्ब डलर खर्च लाग्छ।
सन् २०१९ को शुरुवातमा बैंकिङ ठगीमा पर्नु अघिसम्म यस कम्पनीले अर्बौं डलर संकलन गरिसकेको थियो। जबकि, त्यो न हवाई कम्पनी थियो, न त कुनै अन्तरिक्ष यान निर्माण नै गर्थ्यो। यसबाट पनि अन्तरिक्ष व्यापारमा बढ्दो चासो प्रकट हुन्छ।
फ्लोरिडास्थित सेयर विश्लेषक तथा रेमन्ड जेम्स एन्ड एसोसिएट्सका क्रिस क्विल्टीको भनाइमा अहिले बर्सेनि एक सय वटा रकेट अन्तरिक्षमा पठाइने गर्छ। ‘यदि चन्द्रमामा आधार शिविर राख्ने हो भने रकेटको संख्या धेरै बढाउनु आवश्यक छ,’ उनी भन्छन्।
चन्द्रमाबाट खनिज पदार्थ उत्खनन् गर्ने राष्ट्रपति ट्रम्पको योजनामा अन्तरिक्ष विश्लेषकहरूले यस्तै कुनै ठूलो परियोजनाको सम्भावनाप्रति संकेत गरेका छन्। अन्तरिक्षमा आउजाउ गर्ने यानहरूका लागि चन्द्रमामा इन्धन स्टेसन बनाउन सकिने सम्भावना रहेको उनीहरूको भनाइ छ।
रिचर्ड ब्रेनसनको भर्जिन ग्यालेक्टिकको लक्ष्य पहिलो अन्तरिक्ष पर्यटन कम्पनी बन्ने छ। अन्तरिक्ष पर्यटनको माध्यमबाट एक पटक यात्राका लागि टिकटको अनुमानित लागत अढाइ लाख डलर हुन्छ।
अन्तरिक्षमा भइरहेका प्रयोगहरूमा भूउपग्रह निर्माण मुख्य मानिन्छ। जब सरकारी प्रयासमा अन्तरिक्षमा भूउपग्रह पठाइन्थ्यो, औसत खर्च एक अर्ब अमेरिकी डलर थियो। तर, क्यालिफोर्नियाको कम्पनी स्काईबक्स इमेजिङले क्युबसेट नामक भूउपग्रह ५० लाख डलरमै बनाइदियो। उक्त कम्पनीलाई गुगलले जुलाई २००४ मा ५० करोड डलरमा खरिद गर्यो।
कोवेनका अनुसार सानफ्रान्सिस्कोको प्लानेट ल्याबले भूउपग्रहलाई ५० हजार डलर लागतमै विकसित गर्दैछ। उक्त भूउपग्रहले अन्तरिक्षबाट पृथ्वीको तस्वीर लिने काम गर्नेछ। जसका ग्राहक खेती, खनिज, जग्गा खरिद-बिक्री, तेल र प्राकृतिक ग्यासको क्षेत्रका कम्पनीहरू हुनेछन्। त्यसबाहेक सस्तो रकेट निर्माणको पनि कारोबार छ। न्युयोर्क स्टक एक्स्चेन्जमा सूचीकृत आर्बिटल एटीकेजस्ता कम्पनीहरूले रकेट बनाउँछन्।
एजेन्सीहरूको सहयोगमा
" />टेस्ला कम्पनीका संस्थापक र पेपलका सह-संस्थापक एलन मस्कको महत्वाकांक्षी परियोजनाले छिट्टै सफलता प्राप्त गर्दैैछ। स्पेस-एक्सले नासाले भन्दा सस्तो दरमा रकेट र अन्तरिक्ष यान निर्माण गर्छ। उक्त कम्पनीले अन्तरिक्ष यानको मूल्य आधा कम गराइदिएको छ, १० करोडबाट साढे ५ करोड डलरमा। त्यसको कारण हो, उक्त कम्पनीले ८० प्रतिशत रकेटको ‘इनहाउस’ निर्माण गर्नु। जबकि, नासा अरू नै कम्पनीबाट सामान खरिद गर्थ्यो।

">