विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग <p>काठमाडौं। राष्&zwj;ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।&nbsp;</p> <p>राप्रपाका अध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन्।</p> <p>नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्&zwj;याउँदै आएको वैदेशिक रोजगार क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गर्दै विज्ञप्तिमा कोरोना भाइरसको जोखिममा रहेका नागरिकलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन माग गरिएको छ।</p> <p>यस्तै, कोरोना भाइरस संक्रमणको विश्&zwj;वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो समय प्रतिकुल प्रभाव पर्ने निर्क्योल गर्दै राप्रपाले अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबर्द्धन कार्यक्रम तयार पार्न पनि माग गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्