काठमाडौं। कोरोना भाइरस महामारीबाट अत्यन्तै प्रभावित मध्येको मुलुक स्पेनमा ९ मे सम्म लकडाउन कायम रहने भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशैभर ९ मेसम्म लडाउन रहने घोषणा गरेका हुन्।
देशको विद्मान अवस्थालाई मध्येनजर गरी थप १५ दिनका लागि लकडाउन बढाउने प्रस्ताव प्रधानमन्त्री सान्चेजले संसदसमक्ष राख्ने जनाएका छन्।
१४ मार्चदेखि स्पेन पूर्णरूपमा लकडाउनमा छ। स्पेनमा यसअघि घोषणा गरिएको लकडाउन २६ अप्रिलमा सकिँदै थियो। त्यसपछि पनि स्पेनमा लकडाउनले निरन्तरता पाउने प्रधानमन्त्री सान्चेजले एक साता अगावै हिजो घोषणा गरेका हुन्।
पछिल्लो पटक बढाइएको अवधिमा बालबालिकाका लागि भने लकडाउन केही खुकुलो पारिने भएको छ। प्रधानमन्त्री सान्चेजका अनुसार देशैभर बालबालिकालाई अप्रिल २७ पछि दिनमा एकपटक घरबाहिर निस्कने अनुमति हुनेछ।
स्पेनका मेयरहरूको अनुरोधमा प्रधानमन्त्री सान्चेजले बालबालिकाका हकमा यस्तो निर्णय लिएका हुन्। कयौं दिनदेखि घरमा बन्द अवस्थामा रहेका बालबालिकालाई केही राहत दिन बाहिर निस्कन पाउने व्यवस्था मिलाइएको प्रधानमन्त्री सान्चेजले बताएका छन्।
स्पेनमा ३१ जनवरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। जुन अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।
स्पेनमा अहिलेसम्म एक लाख ९४ हजार ४१६ जनामा कोरोना भाइरस संक्रमण भइसेको छ। जसमध्ये २० हजार ६३९ जनाको मृत्यु हुँदा ७४ हजार ७९७ जना उपचारपछि निको भइसकेका छन्।