काठमाडौं। भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका एक नेपालीलाई आज नेपाल प्रवेश दिइएको छ।
क्वारेन्टाइनमै किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ३४ वर्षीय बासुदेव भट्टलाई आज नेपाल छिर्न दिइएको हो।
स्थानीय प्रशासनको समन्वयमा दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उनलाई आज दिउँसो नेपाल प्रवेश गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।
उनलाई ४ वैशाखमै घर फर्कन दिने भनिएपनि पठाइएको थिएन।
भारतीय पक्षको ढिलासुस्तीले समस्या भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
उनको जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण पश्चात १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घरमै व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए।
मजदुरीका लागि भारत छिरेका भट्ट लकडाउनका बेला नेपाल आउन खोजेका थिए। तर, सीमा नाका सिल गरिएका कारण उनी नेपाल आउन नपाएपछि बलुवाकोटको महाविद्यालय क्वारेन्टाइनमा बसेका थिए।
दुई साताभन्दा लामो समयदेखि भारतीय भूमिमा क्वारेन्टाइनमा बसेका भट्टकी आमाको ३ वैशाखमा घरमा निधन भएपछि उनी फर्किन खोजेका थिए। तर, अनुमति दिइएको थिए।
अनुमति नपाएपछि उनी क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए।
गृह मन्त्रालयले उनलाई नेपाल ल्याएर किरियामा बस्ने वातावरण बनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो।
किरिया बसेको पाँच दिनपछि भट्टले नेपाल आउन पाएका हुन्।
" /> काठमाडौं। भारतको क्वारेन्टाइनमा आमाको किरिया बसेका एक नेपालीलाई आज नेपाल प्रवेश दिइएको छ।क्वारेन्टाइनमै किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ३४ वर्षीय बासुदेव भट्टलाई आज नेपाल छिर्न दिइएको हो।

">