काठमाडौं। चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई त्यहाँको वुहान शहरबाट गत फागुनमा नेपाल ल्याउँदा कति खर्च भयो होला ?
चीनमा कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि सरकारले उनीहरूलाई एअर लिफ्ट गरेर नेपाल ल्याएको थियो।
विदेशमा रहेका नागरिकलाई बेवास्ता गरेको भन्दै चर्को विरोध भएपछि सरकारले नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड गरेर ल्याइएका उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको थियो।
१४ दिन क्वारेन्टाइनमा बसेपछि उनीहरू सबै आफ्नो घर फर्किए।
अर्थ मन्त्रालय स्रोतका अनुसार १७५ नेपालीलाई चीनबाट ल्याउन १३ करोड रूपैयाँ निकासा गरिएको थियो।
“खरिपाटीस्थित् क्वारेन्टाइनमा चीनबाट ल्याएका १७५ जना नेपालीलाई १४ दिन राखेर घर फर्काउने क्रममा समग्र व्यवस्थापनका लागि १३ करोड अर्थ मन्त्रालयबाट रकमान्तर निकासा भएको थियो”, स्रोतले भन्यो, “त्यसमा कूल खर्च कति भयो भन्ने चाहिँ टुंगो लाग्न बाँकी छ।”
" /> काठमाडौं। चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई त्यहाँको वुहान शहरबाट गत फागुनमा नेपाल ल्याउँदा कति खर्च भयो होला ?चीनमा कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि सरकारले उनीहरूलाई एअर लिफ्ट गरेर नेपाल ल्याएको थियो।

">