कैलाली। कोरोना भाइरस संक्रमणपछि उपचाररत कैलालीका एक युवकको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राम बिकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको हो।
२२ चैतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको हिजो गरिएको दोस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको थियो।
त्यसको २४ घण्टापछि आज पुनः परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।
भारको मुम्बइबाट १२ चैतमा फर्किएका उनी क्वारेन्टाइनमा बसेका थिए। उनलाई २२ चैतमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
हिजो ६ वैशाखामा कोरोना संक्रमित काठमाडाैंकी १९ वर्षीया युवती र बागलुङकी ६५ वर्षीया वृद्धा डिस्चार्ज भएका थिए।
" /> कैलाली। कोरोना भाइरस संक्रमणपछि उपचाररत कैलालीका एक युवकको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएको छ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राम बिकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको हो।

">