स्थापना दिवसमा राजपाकाे अपिल- ‘कोभिड–१९ विरुद्ध जुटाैं’

काठमाडाैं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आमजनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ।

राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को महामारीको जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको जनाएका छन्।

राजपाले कोभिड–१९ को महामारीबाट जोगिन सम्पूर्ण पार्टीपंक्तिलाई एक ढिक्का भएर दृढ सङ्कल्पकासाथ लकडाउनको नियम पालना गर्न/गराउन पनि आग्रह गरेको छ।

सुरक्षित रही आफ्नो वडामा नागरिकलाई राहतलगायत अन्य कुनै प्रकारको समस्या देखिए समन्वयकारी भूमिका निर्वाह गर्नसमेत राजपाले पार्टीपंक्तिलाई आग्रह गरेको छ।

७ वैशाख २०७४ मा मधेश केन्द्रित ६ राजनीतिक दल मिलेर राजपा स्थापना भएको थियो।

राजपाको दुई वर्षदेखि पार्टी एकताको महाधिवेशन हुन सकेको छैन। चक्रीय प्रणालीअनुरूप हरेक दुई महीनामा राजपाको नेतृत्व परिवर्तन हुने परम्परा छ।

सोहीअनुररूप राजपा अध्यक्षमण्डलका ६ सदस्यले पालैपालो नेतृत्व लिँदै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्