काठमाडौं। थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका अग्रवालको अनुसन्धान अझै नसकिएको भन्दै परिसरले थुनामा राख्न अनुमति मागेको थियो।
२५ चैतमा व्यवसायी अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले यसअघि अनुसन्धान गर्न प्रहरीलाई शुरूमा सात दिन र त्यसपछि पाँच दिनको समय दिएको थियो।
पाँच दिनको समय सकिएपछि प्रहरीले उनलाई आज थप थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होबिन्द्र बोगटीले अग्रवालमाथि अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको बताए।
पाँच हजार पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रूपैयाँमा बिक्री गरिरहेको सूचना पछि अपराध महाशाखाले विशेष अपरेसन टोली बनाएर उनलाई पक्राउ गरेको थियो।
" /> काठमाडौं। थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका अग्रवालको अनुसन्धान अझै नसकिएको भन्दै परिसरले थुनामा राख्न अनुमति मागेको थियो।

">