कार्यक्रम गर्दा स्थानीय कानूनको पालना गर्न कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ। कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुलाई कुनै कार्यक्रमको आयोजना गर्दा स्थानीय प्रशासनसँग पूर्व स्वीकृति लिन आग्रह गरेको छ।

कतारमा कार्यरत् नेपालीहरुले स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी विभिन्न कार्यक्रमको आयोजना गर्ने, चन्दा संकलन गर्नेजस्ता कार्यले कतार सरकारको ध्यानाकर्षण भएको लिखित जानकारी आएको दूतावासले आज निकालेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले स्थानीय सरकारसँग पूर्व स्वीकृति लिएर मात्र यस्ता कार्य गर्न दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।

दूतावासले कतार सरकार सम्बद्ध निकायको पूर्व स्वीकृतिविना कुनै किसिमको राजनीतिक, सामाजिक र धार्मिक कार्यक्रमहरु संचालन नगर्न/नगराउन सचेत गराएको छ।

वैदेशिक रोजगारीको लागि कतार नेपालीको प्रमुख गन्तव्यमध्येको एक मुलुक हो।

प्रतिक्रिया दिनुहोस्