काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले लकडाउन सकिएको दुई सातापछि एसईई परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले त्यहीअनुसार तयारी गरिएको बताए।
“लकडाउन कति समय लम्बिन सक्छ, त्यो त थाहा छैन,” परीक्षा नियन्त्रक खकुरेलले भने, “तर, लकडाउन सकिएको १५ दिनपछि एसईई परीक्षा सञ्चालन गर्ने सोच बनाएका छौँ। त्यतिबेलासम्म जनजीवन पनि सामान्य अवस्थामा पुग्छ होला।”
लकडाउनपछि दैनिक जनजीवन सामान्य भएपछि परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले तयारी थालेको छ।
यसका लागि नजिकका परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाउने तयारीसमेत गरिएको छ। जिल्ला अन्तर्गतका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरू सामान्यतया घरबाट आवतजावत गर्न सक्ने र सुरक्षाको समेत व्यवस्था भएको नजिकको अर्काे विद्यालयमा गएर परीक्षा दिने व्यवस्था गर्न लागिएको छ।
त्यसका लागि थप कतिवटा परीक्षा केन्द्र आवश्यक पर्छन् भनेर बुझ्न परीक्षा नियन्त्रण कार्यालयले यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई पत्राचार गरिसकेको छ।
“समितिहरूको विवरण आएपछि परीक्षा केन्द्र थप्ने, नथप्ने वा के गर्ने भनेर विश्लेषण र छलफल गर्छौँ,” पोखरेलले भने, “जिल्लाहरूको अवस्था बुझ्नको लागि मात्रै यो विवरण मागेका हौँ। नतिजा आएपछि समितिहरूसँग छलफल गरी अगाडि बढ्छौँ।”
चालू शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विभिन्न विकल्पहरूमा छलफल चलाइरहेको उनले बताए। साथै कक्षा ११ र १२ का लागिसमेत उल्लेखित विवरण तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउन भनिएको छ।
नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा शुरू भएको हो। शिक्षा ऐनको आठौं संशोधनपछि यसलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)का रूपमा परिवर्तन गरियो। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रकोपका कारण ६ चैतदेखि हुने तय भएको एसईई अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो।
" /> काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले लकडाउन सकिएको दुई सातापछि एसईई परीक्षा सञ्चालन गर्ने योजना बनाएको छ।परीक्षा नियन्त्रक रामराज खकुरेलले त्यहीअनुसार तयारी गरिएको बताए।

">