काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पताल र सुनसरीको धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोभिड- १९ को पुनः परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।
विभिन्न स्थानमा परीक्षणका क्रममा पोजिटिभ नतिजा आउने र भेरिफिकेसनका लागि काठमाडौं नै पठाउनुपर्ने बाध्यता कम गर्न नेपालगञ्ज र धरानमा पुनः परीक्षणको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब पश्चिममा भेरी अस्पताल र पूर्वमा धरानमा हुने परीक्षणबाट नै भेरिफिकेसन गरिने जानकारी दिए।
आरडीटी किट परीक्षण र पीसीआरकै क्रममा पनि कतिपय परीक्षणमा शंका देखिन थालेपछि मन्त्रालयले भेरी र धरानबाट हुने भेरिफिकेसन नै आधिकारिक हुने जनाएको छ।
पछिल्लोपटक भेरी अञ्चल अस्पतालमा पनि पीसीआर परीक्षण शुरू गरिएको छ।
त्यहाँ अहिले ८ वटा नमूना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ। योसँगै देशैभर १५ स्थानबाट पीसीआर विधिबाट परीक्षण हुन थालेको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको भेरी अस्पताल र सुनसरीको धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोभिड- १९ को पुनः परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।विभिन्न स्थानमा परीक्षणका क्रममा पोजिटिभ नतिजा आउने र भेरिफिकेसनका लागि काठमाडौं नै पठाउनुपर्ने बाध्यता कम गर्न नेपालगञ्ज र धरानमा पुनः परीक्षणको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ।

">