तुलसीपुरका मुस्लिम समुदायले घरमै पढ्न थाले नमाज
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ।

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो।

मस्जिदको अनुगमनमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधि सभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद् अनारकली मियाँलगायतको सहभागिता  थियो।

अनुगमनका क्रममा मस्जिदमा मौलाना मात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताए।

उनका अनुसार अहिले मुसलमानले घरमै बसेर नमाज पढ्न थालेका छन्।

हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना भाइरस संक्रमणको त्रासपछि पूर्ण रूपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन्।

प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको जिकिर गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्