मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओ पक्राउ
काठमाडौं। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मिर्गौला किनबेच गरेको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सीइओ विपेन्द्र प्रधानसहित पाँच जनालाई पक्राउ गरेको छ।

एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं–२६ का सीइओ प्रधानसहित अस्पतालकै चिकित्सक डा. राजेश पन्त, सप्तरी कञ्चनपुर नगरपालिका–९ घर भई भक्तपुर मध्यपुर थिमी बस्ने कुमुदकुमार भट्टराई, ललितपुरका रामचन्द्र आले र स्वयम्भू बस्ने शंकरलाल लामा छन्।

उनीहरुमध्ये भट्टराई अस्पतालका कानुन अधिकृत हुन्। आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्। लामा भने मिर्गौला लिने व्यक्ति रहेको ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले उनीहरुलाई मानब बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाही अघि बढाइएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्