"> अनलाइनमा हुने जोखिमबाट जोगिन प्रहरीले गर्‍यो आह्वान: Dekhapadhi
अनलाइनमा हुने जोखिमबाट जोगिन प्रहरीले गर्‍यो आह्वान
काठमाडौं। नेपाल प्रहरीले कोभिड-१९ महामारीका बेला हुन सक्ने सम्भावित अनलाइन जोखिमबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल प्रहरीले टेलिफोनमार्फत् बिरामीलाई आर्थिक सहयोगका लागि अनुरोध, स्वास्थ्यकर्मी भन्दै सहयोगका लागि अनुरोध, राहत संकलनका लागि अनुरोध भनेर आउन सक्ने सूचनाबाट सजग हुन आग्रह गरेको हो।

त्यसैगरी इन्टरनेटमार्फत् आउने म्यासेजमा पनि सतर्क हुन प्रहरीले अनुराेध गरेकाे छ। नेपाल प्रहरीका अनुसार इन्टरनेटबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्यसंस्थाको नाममा आउन सक्ने ईमेल, गोप्यता कायम राख्नुपर्ने व्यक्तिगत विवरणको माग गर्ने र अपरिचित ठेगानाबाट एट्याचमेन्ट तथा लिकंको रूपमा देखिने मालवेयरबाट पनि सचेत हुन भनेको छ।

त्यस्तै अनलाइनमार्फत् अपरिचित साइटमा आर्थिक भुक्तानीको लागि आउने अनुरोधमा पनि सचेत हुन भनेको छ। यी विभिन्न माध्यमको प्रयोग गरेर कुनै व्यक्ति वा समूहले ठगी गर्न सक्ने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्