काठमाडौं। मन्थली, रामेछापका प्रविण थापा मगर हजुरबुबाको उपचारका लागि पाँच दिनदेखि वीर अस्पतालमा छन्।
तर, उनलाई काठमाडौंमा छु कि जिल्लाकै अस्पतालमा भन्ने अन्योल हुन्छ, बेलाबेला। किनभने उनले जानेको वीर अस्पताल यस्तो कहिल्यै थिएन। टिकट काट्न डेढ घण्टा लाइन बस्नुपर्ने, वार्डमा त्यस्तै भीडभाड। इमर्जेन्सीमा त खुट्टा राख्ने ठाउँ नै नहुने।
दैनिक दुई हजार भन्दा धेरै बिरामीको उपचार हुँदै आएको वीर अस्पतालमा यतिबेला इमरजेन्सीबाहेकका सेवा बन्द छन्। यहीकारण बिरामीको चाप ह्वात्तै घटेको छ। इमरजेन्सी वार्डमा बिरामीको चाप निकै कम छ।
३४ वेड रहेको जनरल वार्डमा चारजना जना बिरामीमात्र उपचाररत छन्। त्यहीँ कुरुवा बसेका प्रविणलाई अचाक्ली भीडभाड हुने वीर अस्पताल पनि जिल्लाकै अस्पताल जस्तो शान्त लाग्छ।
बिरामीको चाप नभएपछि चिकित्सक, स्वास्थ्यकर्मी, अन्य कर्मचारी, सुरक्षागार्ड सबैले फुर्सद पाएका छन्।
लकडाउनका कारण बिरामी आउन नसक्दा बिरामीको चाप ह्वात्तै घटेको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए।
“लकडाउनका कारण अस्पताल नै सुनसान बनेको छ। दिनहुँ दुई ५०० भन्दा बढी बिरामीले उपचार सेवा पाउँये। अहिले त दिनमा ८/१० जना जना मुस्किलले पुग्छन्”, डा. सेन्चुरीले भने।
वीर अस्पतालमा छिर्नेबित्तिकै देखिनेगरी कोरोना जाँच कक्ष राखिएको छ। गेटनजिकै राखिएको यो कक्षमा अस्पताल आउनेको ज्वरो नाप्न स्वास्थ्यकर्मी खटिएका छन्।
वीर अस्पतालको छेउमै छ, राष्ट्रिय ट्रमा सेन्टर। यहाँ आउने बिरामीलाई कोरोना भाइरसको सम्भावित संक्रमण जाँच्न प्रारम्भिक सोधपुछ र ज्वरो नाप्ने स्थान छुट्याइएको छ। आकस्मिक कक्षमा पस्ने ठाउँनेर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका सुरक्षा गार्ड खटिएका छन्। आकस्मिक कक्षमा छिर्ने जो कोहीलाई स्यानिटाइजर प्रयोग गर्न लगाउने र ज्वरो नापेर भित्र पठाउने गरिन्छ।
ट्रमा सेन्टरमा यतिबेला बिरामीको संख्या ह्वात्तै घटेको छ। लकडाउनका कारण यातायात सेवा ठप्प छ। त्यहीकारण प्रायः सवारी दुर्घटनाका बिरामीको भीड लाग्ने सेन्टर अहिले सुनसानजस्तै बनेको छ। अन्य खालका बिरामी पनि पहिलेभन्दा ५० प्रतिशतले घटेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी बताउँछन्।
महाराजगञ्जस्थित् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई पनि लकडाउन बेस्सरी लागेको छ। शिक्षण अस्पतालमा इमरजेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ। एउटै वेडमा दुई जना, तीनजनासम्म बिरामी राख्नुपर्ने इमरजेन्सी वार्डमा अहिले धेरैजसो बेड खाली नै छन्। स्वास्थ्यकर्मीलाई पनि फुर्सद मिलेको छ।
इमरजेन्सी वार्डका एक स्वास्थ्यकर्मीले लकडाउनका कारण उपचारका लागि आउने बिरामीको संख्या ह्वात्तै घटेको बताए। शिक्षण अस्पतालका स्वास्थ्यकर्मी भने प्रर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) मै थिए।
अस्पतालमा स्थापना गरिएको ‘कोरोना क्लिनिक’मा कोरोना भाइरस संक्रमणबारे प्रारम्भिक स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँ कोरोना संक्रमणका शंकास्पद् बिरामी हुन् कि होइनन् भनेर परीक्षण गरिन्छ। यदि शंकास्पद देखियो भने शिक्षण अस्पतालकै उत्तरपट्टि रहेको गणेशमान भवनमा स्थापना गरिएको क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा पठाइन्छ।
मलंगवा, सर्लाहीका लक्ष्मी यादव एक सातादेखि शिक्षण अस्पतालमा छन्। बुबाको उपचारका लागि काठमाडौं आएका उनले यसबीचमा निकै समस्या भोग्नुपर्यो। पहिलो त लकडाउनका कारण बिरामी बुबालाई काठमाडौं ल्याउनै महामुस्किल भयो। भनेको बेला एम्बुलेन्स पाइएन। जसोतसो एम्बुलेन्सको व्यवस्था भएर काठमाडौं आए, तर त्यो उल्झन उपचारका क्रममा पनि हटेको छैन।
“औषधि किन्न जाँदा मेडिकल नखुल्दा समस्या हुन्छ। पसल खुला नहुँदा खाना खान पाइँदैन। अस्पतालको सेवा भने सहज छ”, उनले भने।
अस्पतालले दिने सेवा पहिलेको भन्दा राम्रो रहेको उनले बताए। “धेरै मानिसको भीडभाड हुँदा डाक्टरले जाँच्ने समय पनि धेरै दिँदैन्थे, अहिले त समय दिन्छन्, हेरचाह पनि राम्रोसँग गर्छन्”, उनले भने।
शिक्षण अस्पतालनजिकै रहेको कान्ति बाल अस्पताल पनि यतिबेला सुनसान जस्तै छ। दैनिक एक हजारभन्दा धेरै बालबालिकाको उपचार हुने कान्तिमा अहिले ५० जना पनि आउँदैनन्।
प्रसूति गृहमा भने उस्तै भीड
काठमाडौंको थापाथलीस्थित् प्रसुती गृहमा भने लकडाउन र कोरोना भाइरस संक्रमणको त्रासले खासै प्रभाव पारेको छैन। यहाँ प्रसूतिबाहेक सबै सेवा बन्द गरिएको छ। तर, प्रसूति सेवाका लागि आउने महिलाको संख्यामा कुनै कमी नआएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन्।
नियमित जाँचमा आउनेको संख्या केही घटे पनि आकस्मिक रूपमा आउने र सुत्केरी हुन आउनेको संख्या पहिलेको जस्तै रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले देखापढीलाई बताए।