समस्यामा परेका विद्यार्थीलाई राहत बाँड्दै अखिल

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले समस्यामा परेका विद्यार्थीलाई राहत बाँड्न थालेको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थी राहत उपलब्ध गराइएको अखिलका केन्द्रीय सदस्य नारायण घर्तीले बताएका छन्।

अखिलले दुई दिनमा झण्डै ७०० विद्यार्थीलाई राहत उलब्ध गराएको छ।

अखिल अध्यक्ष ऐन महर नेतृत्वको टोलीले काठमाडौंका शेषमती, नयाँ बजार, लैनचौर, चावहिन, मैतीदेवी, थापागाउँ, शंखमुल, बानेश्वर, तीनकुने, जडिबुटीलगायत क्षेत्रमा पुगेर आज राहत बाँडेको हो।

प्रतिविद्यार्थी १५ केजी चामल, २ केजी दाल, एक केजी नुन र एक लिटर तेल प्रदान गरिएको नेता घर्तीले बताए।

उनका अुनसार विद्यार्थीका समस्यालाई बुझेर आगामी दिनमा राहतको कामलाई निरन्तरता दिइनेछ।

अखिलले हिजो ६ वैशाखमा कीर्तिपुरस्थित साल्भनिय ऐकेडेमीमा ५०० जनालाई राहत उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्