सप्तरीकाे धार्मिक सभामा सहभागी भएका पाँचजनालाई सेती अस्पताल पुर्याइयाे
<p>कैलाली। सप्तरीको एक धार्मिक सभामा सहभागी भएर फर्केका कैलालीका पाँचजनालाई प्रहरीले आज साँझ धनगढीका विभिन्न स्थानबाट उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ।</p>
<p>दिल्लीमा भएको धार्मिक सभामा लकडाउनका कारण सहभागी हुन नपाएका मुस्लिम जमाती समूहका उनीहरू सप्तरीमा भएको सभामा भने सहभागी भएका थिए।</p>
<p>प्रहरीले धनगढी उपमहानगरपालिका-१, पशुपति टोलबाट तीनजना, चटकपुर र चौराहाबाट एक/एकजनालाई उद्धार गरी उनीहरूको थ्रोट स्वाबको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
<p>उनका अनुसार सप्तरीमा आयोजित धार्मिक सभामा सहभागी भएका गोदावरी नगरपालिका अत्तरियामा रहेका दुईजनाको पनि अहिले उद्धार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्