तातोपानी नाकाबाट भित्रियो चार कन्टेनर स्वास्थ्य सामग्री
काठमाडौ। आज तातोपानी भन्सार नाकाबाट चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।

चीनको वुहान शहरमा कोरोना संक्रमितको संख्या बढेपछि बन्द भएको तातोपानी नाका गत साता बाट पुनः सञ्चालमा आएयता आज पहिलो पटक सबैभन्दा धेरै सामान भित्रिएको हो।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको बताए।

यसअघि ६ वैशाखमा एउटा कन्टेनर नेपाल आएको थियो। त्यो भन्दा अगाडी १६ माघ यता जम्मा ३५ कार्टुन मात्रै सामाग्री नेपाल भित्रिएको थियो।

ती कन्टेनरमा ४० कार्टुन पीपीई सेट, १३ कार्टुन मास्क र ४९४ थान मेडिकल बेड आएका थिए।

दुई दिन अघि नै चार वटा कन्टेनर नेपाल भित्रिने भनिए पनि प्राविधिक कारणले गर्दा ढिलो भएको बताइएको छ।

यस्तै ६ वैशाखमा आएको कन्टेनरमा १५ हजार थर्मल गन, १० हजार पीपीई सेट, १० हजार गगल्स र २० हजार थान शुज–कभर थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्