कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म आठ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ।
संकलन गरिएका आठ हजार १५७ जनाको थ्रोट स्वाबमध्ये आजसम्ममा पीसीआर र र्यापिड टेस्ट विधिमार्फत् आठ हजार ८५ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ। जसमध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेछ।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार आजसम्म पीसीआर प्रविधिबाट दुई हजार ५०६ जनाको कोरोना परीक्षण गरिएकोमा दुई हजार ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने पाँच जनाको रिपोर्ट आउन बाकी रहेको छ।
त्यस्तै र्यापिड टेस्ट गरिएका पाँच ५७९ जना मध्ये एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। तर, उक्त व्यक्तिको पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।
केन्द्रको तथ्यांक अनुसार कैलालीमा दुई हजार ७६९ जनाको र्यापिड टेस्ट गरिएको छ।
यस्तै, कञ्चनपुरमा ४७८, बैतडीमा २१५, दार्चुलामा ४२४, डडेल्धुरामा १२, डोटीमा ७५८, बझाङमा ४८६, अछाममा २३० र बाजुरामा २५ जनाको र्यापिड टेस्ट गरिएको स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ।
आजसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ९२ जनालाई डिस्चार्ज गरिएको छ। उनीहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने अहिले प्रदेशका विभिन्न अस्पतालमा ११ जनालाई आइसोलेसमा राखिएको छ।
जसमध्ये चारजना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन्। जसमा एकजना निको भएर आज घर गएका छ्न्।
प्रदेशमा विभिन्न जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा एक ३४६ जनालाई राखिएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म आठ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ।संकलन गरिएका आठ हजार १५७ जनाको थ्रोट स्वाबमध्ये आजसम्ममा पीसीआर र र्यापिड टेस्ट विधिमार्फत् आठ हजार ८५ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ। जसमध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेछ।

">