दोलखाबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
२०७४ बैशाखमा सम्पन्न स्थानीय निर्वाचनलगत्तै भएको एक घटनालाई लिएर गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
त्यसबेला दोलखाकै वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो ।
खड्काले गुरुङ लगायतले आफूमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
सांसद गुरुङले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी आफूले पाइसकेको र दोलखाको गौरीशंकर गाउँपालिकाले पक्राउ पुर्जी बुझेर भर्पाइ दिइसकेको देखापढीलाई बताए ।
“त्यो नितान्त झुटा मुद्दा हो”, उनले भने, “त्यसबेला कांग्रेस र माओवादीको संयुक्त सरकार थियो, स्थानीय निर्वाचनमा हाम्रा नेताकार्यकर्तामाथि आक्रमण गरेर धाँधली गरेपछि हामीले माओवादीका थुप्रै कार्यकर्ताविरुद्ध जाहेरी दिएका थियौं । त्यही रिसमा मेरो विरुद्ध काठमाडौं आएर झुटा जाहेरी दिए ।”
उनले स्थानीय निर्वाचनका बेला आफूविरुद्ध दोलखामा समेत मुद्दा चलाउने तयारी भएको बताए ।
“मुद्दा चल्ने स्थिति हुन्थ्यो भने दोलखामै चल्थ्यो”, उनले भने, “दोलखामा नचल्ने भएपछि राजनीतिक दबावमा काठमाडौंमा मेराविरुद्ध उजूरी दिन लगाइयो ।”
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरे । “सांसद हो या अरु कोही भन्ने थाहा भएन, दोलखाका पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको हो”, उनले देखापढीलाई भने, “यो नामका व्यक्तिविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ । ती व्यक्ति फरार देखिएकाले हाजिर गराउन जिल्ला प्रहरी कार्यालय दोलखालाई पक्राउ पुर्जी दिइएको हो ।”
" /> दोलखाबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।२०७४ बैशाखमा सम्पन्न स्थानीय निर्वाचनलगत्तै भएको एक घटनालाई लिएर गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

">