काठमाडौं। स-साना बालकदेखि भर्खरका युवकसमेत फोहोर पानीमा केही खोज्दैछन्। छेउमै रहेका अरू चाहिँ खल्तीमा जम्मा गरेका पच्चिस/पचास पैसा, एक/दुई रूपैयाँ गन्दैछन्।
त्यहीक्रममा हातमा मल्लकालीन तामाको पैसा हातमा देखाउँदै तिलक तामाङले भने, “यो पैसा बेच्दा २०० रूपैयाँ दिन्छन् होला।”
१९ वर्षीय तामाङजस्तै २०-२५ जना बालक, किशोर र युवा पशुपति आर्यघाटनजिकै बागमती नदीको दुर्गन्धित पानीमा सुन, चाँदीलगायतका बहुमूल्य धातुसँगै तामा र पैसा खोज्न व्यस्त हुन्छन्। दाहसंस्कार गर्दा चढाइने पुराना धातुका सिक्का र मुद्राका सिक्का भेट्टाउने उनीहरूको एउटै लक्ष्य हुने गर्छ।
“दाइ, हामी कुल्ली काम गर्थ्यौं। आर्यघाटमा दाउरा बोक्ने र शव जलाउन सहयोग गर्ने काम पनि गर्दै आएका थियौं। लकडाउनले सबै काम रोकियो, भोक मेटाउन फोहोर पानीमा पैसा खोज्छौं”, तामाङले भने।
दिनमा १५-२० वटासम्म सिक्का वा पुरानो पैसा भेटिने र त्यसलाई बेचेर एक हजार रूपैयाँसम्म कमाउन सकिने उनले बताए।
हामी पुग्दा उनले सुनको सानो टुक्रा पनि भेट्टाएका थिए। त्यसलाई सबैजना मिलेर मोलमोलाइ गर्दै थिए। त्यो टुक्रा पाएर खुशीले फुरूङ्ग देखिएका उनले भने, “हेर साथीहरू, अब केही दिन कोही पनि भोकै बस्नुपर्दैन। दुई-चार दिनलाई खान पुग्छ।”
लकडाउनले काम केही नपाएपछि फुर्सदिला बनेका तिलक र उनका साथीहरूलाई साँझबिहानको छाक टार्नकै चिन्ता छ। सँगै रहेका १७ वर्षीय कृष्ण लामाले भने, “एक छाक पनि अघाउने गरी खान पाएका छैनौं।” छाक टार्ने बाध्यताले फोहोर पानीमा सुन तथा पैसा खोजिरहेको कृष्णले बताए।
कोरानाभन्दा भोकले मरिने भइयो
यो फोहोर पानीमा पसेर सिक्का खोज्दा पनि उनीहरू डरले त्राहिमाम हुन्छन्। त्यो डर हो, प्रहरीको। यहाँ देख्यो भने प्रहरी आएर लखेटिहाल्छ। अर्को डर छ, यस्तो ठाउँमा दिनभर खोजीबस्दा कोरोना भाइरस संक्रमण पो होला कि भन्ने। तर, ती सबै डरलाई भोकले थिचिदिएको छ।
“दुई फुलीवाला प्रहरी आएर अस्ति मर्ने गरी कुटे। मरे जस्तो छ भन्दै उनीहरू हिँडेका थिए। के गर्ने, पेट पाल्न भए पनि प्रहरीको कुटाइ सहेर बस्नु परेको छ”, कृष्णले भने।
अहिले त नदीबाट खोजखाज पारेका पैसा बेच्न पनि समस्या छ।
त्यसमाथि आर्यघाटमा शव कम आउन थालेपछि उनीहरूले काम पाउने सम्भावना पनि छैन।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव घनश्याम खतिवडाले लकडाउनका कारण बिचल्लीमा परेका तिलक, कृष्णजस्ता ५०० भन्दा बढीलाई दैनिक खाना खुवाइरहेको बताए।
“कोषले आफ्नै समन्वय र विभिन्न दाताहरूको सहयोगमा बिहान बेलुका खाना खुवाइरहेको छ। भगवानको पवित्रस्थलमा समस्यामा परेकालाई सहयोग गर्न पाउँदा राम्रै लाग्छ”, उनले भने।
साधु सन्त, पुजारी, सडक बालबालिका, असहाय तथा अन्य कारणले समस्यामा परेकालाई कोषले खानाको व्यवस्था मिलाएको उनले बताए।
समस्यामा परेका व्यक्ति थुप्रिँदा पशुपति क्षेत्रमा ठूलो भीडभाड जम्मा हुन थालेको छ। कोषले सामाजिक दूरी कायम गर्न ठाउँ-ठाउँमा सूचना टाँस गरे पनि त्यसको पालना भएको देखिन्न। यसले संक्रमणको जोखिमसमेत बढाएको छ।
" /> काठमाडौं। स-साना बालकदेखि भर्खरका युवकसमेत फोहोर पानीमा केही खोज्दैछन्। छेउमै रहेका अरू चाहिँ खल्तीमा जम्मा गरेका पच्चिस/पचास पैसा, एक/दुई रूपैयाँ गन्दैछन्।त्यहीक्रममा हातमा मल्लकालीन तामाको पैसा हातमा देखाउँदै तिलक तामाङले भने, “यो पैसा बेच्दा २०० रूपैयाँ दिन्छन् होला।”

">