काठमाडौं। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा कोभिड-१९ परीक्षण गर्न नेपाली सेनाको चिकित्सक टोलीले नमूना संकलन थालेको छ।
स्थानीय मस्जिदमा रहेका ११ जना भारतीय नागरिक र दुई जना नेपालीमा कोभिड-१९ पुष्टि भएपछि हिजो, ६ वैशाखदेखि नै बस्ती आसपासका क्षेत्र सिल गरेर आवश्यक सतर्कता अपनाइएको थियो।
मस्जिद आसपासका क्षेत्रमा रहेकाहरूको थ्रोट स्वाब संकलन गर्न काठमाडौं छाउनीस्थित् सैनिक अस्पतालको प्राविधिक टोली आवश्यक उपकरणसहित हेलिकप्टरमा आज उदयपुर आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
सैनिक चिकित्सकसहितको प्राविधिक टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा स्थानीयलाई भेला गरेर समूह बनाएर नमूना संकलन गरेको सुवेदीले जानकारी दिए।
“आज १५४ जनाको नमूना संकलन गरेका छौँ”, सुवेदीले देखापढीसँग भने , “भोलि नमूना लिने संख्याको योजना बनाउँदै छौँ। संकलन गरिएको नमूना परीक्षण गर्न हेलिकप्टरबाट टेकुको प्रयोगशालामा पठाउँछौं।”
उच्च जोखिममा रहेका घरका परिवारका सबै सदस्यको थ्रोट स्वाब लिइनेछ। त्यसपश्चात आसपासका कम जोखिम मानिएका घरका कम्तीमा एक/एक सदस्यको नमूना लिने तयारी छ।
एकैपटक धेरैजनामा संक्रमण देखिएपछि बस्ती र आसपासको क्षेत्रलाई सिल गरेर करीब तीन हजार जनाको ‘मास टेष्ट’ गर्ने भनिएको थियो।
तर, यसअघि मस्जिदमा रहेका १६ जनाको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको नतिजा पीसीआरमा पोजिटिभ आएपछि थ्रोट स्वाब नै संकलन गर्न जनप्रतिनिधि र स्थानीय अगुवाको दबाब बढेको बताइएको छ।
यो क्षेत्रमा प्रदेश १ स्थित विराटनगर प्रयोगशालाबाट खटिएको प्राविधिक टोलीले ६९ जनाको थ्रोट स्वाब नमूना संकलन गरेको थियो।
कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि छाउनीमा स्थापित संकट व्यवस्थान केन्द्र (सीसीएमसी) सँगको समन्वयमा उदयपुरमा नमूना परीक्षण गर्न सैनिक टोली परिचालन गरिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।
संक्रमित १३ जनाको विराटनगरस्थित् कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूसँगै मस्जिदमा रहेका बाँकी ३ जना मोरङ टाँडीको क्वारेन्टाइनमा छन्।
मस्जिद वरपरका ५५ घर मुस्लिम समुदाय, २१ घर थारु र अन्य समुदायका १८० घरधुरीलाई प्राथमिकताको आधारमा परीक्षण गर्ने योजना बनाइएको बस्ती रहेको त्रियुगा नगरपालिका-३ का वडा अध्यक्ष अवधेशकुमार चौधरीले बताए।
२६ मंसिरमा नेपाल छिरेका संक्रमित भारतीय नागरिकको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिरहेको प्रहरीले जनाएको छ।
१३ जनाकै सम्पर्कमा आएकाहरूलाई कोभिड-१९ परीक्षणका लागि आउन गर्न सार्वजनिक आव्हान गरिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताए।
जिल्ला प्रहरी कार्यालय, मोरङले संक्रमित भारतीय नागरिक २६ मंसिरमा भारतबाट नेपाल आएको बुझिएको भन्दै संक्रमणको जोखिममा रहने सम्भावना भएकोले उनीहरूलाई परीक्षणको लागि प्रहरीमा सम्पर्क गर्न भनेको छ।
स्थानीय प्रशासनका अनुसार उनीहरू मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर हुँदै उदयपुर आएको खुलेको छ।
" /> काठमाडौं। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा कोभिड-१९ परीक्षण गर्न नेपाली सेनाको चिकित्सक टोलीले नमूना संकलन थालेको छ।स्थानीय मस्जिदमा रहेका ११ जना भारतीय नागरिक र दुई जना नेपालीमा कोभिड-१९ पुष्टि भएपछि हिजो, ६ वैशाखदेखि नै बस्ती आसपासका क्षेत्र सिल गरेर आवश्यक सतर्कता अपनाइएको थियो।

">