काठमाडौं। गत माघ महीनाको पहिलो साता नेपालमा कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशला नै थिएन। चीनको वुहानबाट फर्किएका एक युवामा कोभिड–१९ को लक्षण देखिएपछि उनको स्वाव परीक्षणको लागि नमूना विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाएर परीक्षण गरिएको थियो।

९ माघमा हङकङबाट रिपोर्ट आएपछि मात्र चीनबाट नेपाल आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसयता ९ चैत्रमा मात्र कोरोना भाइरसको संक्रमण भएका अर्का व्यक्ति काठमाडौंमा भेटिए। यो दुई महीनाको अवधिमा काठमाडौंमै कोरोना  भाइरसको संक्रमण परीक्षण गर्न सकिने पूर्वाधार तयार भइसकेको थियो।

४ चैतमा फ्रान्सबाट नेपाल आएकी प्रसिद्धी श्रेष्ठको स्वाव पीसीआर प्रविधिबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरिएको थियो।

त्यसयता नेपालमा कोभिड–१९ संक्रमितको संख्या ३१ पुगेको छ। त्यसमध्ये चारजना सफल उपचार गरेर घर फर्किइसकेका छन्। माघयताको दुई महीनामा काठमाडौंमा कोरोना संक्रमितको उपचारको लागि प्रशस्त तयारी भएका थिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना संक्रमितको उपचारको मुख्य अस्पतालको रूपमा विकास गरिएको थियो।

१६ चैतमा बुटवलमा कोरोना  विशेष अस्पतालमा बाबुराम थापाको मृत्यु भयो। ६ चैतमा युएईबाट काठमाडौं आएका उनमा श्वासप्रश्वासको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा उक्त अस्पतालको आइशोलेशन वार्डमा भर्ना गरिएको थियो। तर, परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएन।

बुटवलस्थित बन्द रहेको धागो कारखानामा अस्थायी रूपमा स्थापना गरिएको उक्त अस्पतालमा थापाको मृत्यु हुँदासम्म एउटा पनि आइसियू थिएन। क्रमशः कोरोना संक्रमणका शंकास्पद विरामीको संख्या बढ्न थालेपछि बुटवलस्थित उक्त अस्पतालमा अहिले १५ बेडको आइसियू सञ्चालनमा आइसकेको छ।

उता चितवनमा भरतपुर नगरपालिकाको प्रयासमा चितवन प्रदर्शनी केन्द्र भित्र ७२ घन्टामा ५० शैय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको थियो। उक्त अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई पनि तत्काल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको तालिम दिएर तयार गरिएको थियो। उक्त अस्पताल सञ्चालनको लागि जिल्लाकै दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट शैय्या र केही मेडिकल सामग्री जुटाइएको थियो।

महामारीसँग जुध्ने पूर्वाधार र उपचारको व्यवस्था सन्तोषजनक छैन। तीब्र गतिमा संक्रमण फैलियो भने के गर्ने भन्ने आपत्कालीन योजना अझैं पनि विश्वनीय देखिँदैन, सरकारी अधिकारीहरुले त्यस्तो योजना बनेको दाबी गर्दै आए पनि। तर, यसबीच भएका प्रयासले दीर्घकालमा भने स्वास्थ्य सेवामा महत्वपूर्ण पूर्वाधार तयार पार्दैछन्।

“कोरोना महामारी सकिएसँगै अहिले थपिएका प्रयोगशाला पनि काम नलाग्ने हुँदैनन्। अरू रोगको परीक्षणको लागि पनि यसलाई उपयोग गर्न सकिन्छ।”

जस्तो कि, नेपालमा पहिलो कोरोना संक्रमण पुष्टि भएको तीन महीना वित्‍न लाग्दा देशभर १५ स्थानमा कोभिड–१९ परीक्षण हुने प्रयोगशाला तयार भएका छन्। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता, डा. समिर अधिकारीका अनुसार थप अरू प्रयोगशाला केही दिनमै सञ्‍चालनमा आउँदैछन्।

अहिले बागमती प्रदेशमा मात्रै ६ ठाउँमा कोभिड–१९ परीक्षण हुन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशालामा पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना संक्रमणका संकास्पद बिरामीको नमूना परीक्षण गरिन्छ। त्यसैगरी, पाटन अस्पतालमा आजैबाट प्रयोगशाला सञ्‍चालनमा आउन लागेको छ।

प्रदेश–१ मा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानसमेत गरी दुई ठाउँमा नमूना परीक्षणको लागि प्रयोगशला सञ्चालनमा आएको छ।

प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पतालमा नमूना परीक्षण प्रयोगशाला सञ्चालनमा आइसकेको छ। वीगरञ्जमा पनि केही दिनमा प्रयोगशला सञ्चालनमा आउने अधिकारीले बताए।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कोभिड–१९ का शंकास्पद् विरामीको नमूना परीक्षण हुन्छ।

त्यसैगरी, प्रदेश–५ मा राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा र भेरी अस्पताल नेपालगञ्‍जमा नमूना परीक्षणको व्यवस्था गरिएको छ।

कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा कोभिड–१९ को पीसीआर विधीबाट नमूना परीक्षण हुनथालेको छ।

सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढीमा नमूना परीक्षण प्रयोगशाला सञ्‍चालनमा आएको छ।

प्रयोगशालाको विस्तार मात्र होइन, देशभरका सरकारी अस्पतालमा अहिलेसम्म १२० वटा आइसियू बेड थपिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। यसमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै २० वटा आइसियू बेड थपिएको छ भने ६ वटा भेन्टिलेटर थपिने तयारीमा छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ अहिले सरकारले अर्डर गरेको सबै सामाग्री भित्रिइसक्दा ६ देखि ७ अर्ब रूपैयाँ बराबरको सामग्री कोभिड–१९ को उपचार तयारीका लागि मात्रै खर्च हुने बताउँछन्। “देशभरका अस्पतालमा ५०० वटा भेन्टिलेटर थप्ने गरी काम गरिरहेका छौं। २३५ वटा केही समयमा नै जडान भइसक्छन्”, श्रेष्ठले भने।

भाइरसकै कारण लाग्ने रोगको पहिचान र उपचारको लागि अहिले जडान भएका प्रयोगशाला र उपकरण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सम्पत्तिका रुपमा थपिएको उनले बताए। “विश्वमै भाइरसबाट लाग्ने रोगले नै धेरै मानिसलाई दुःख दिएका छन्। भाइरसबाट लाग्ने जुनसुकै रोगको परीक्षण र उपचारमा अहिले बनाइएका प्रयोगशाला सधैं प्रयोगमा आउँछन्”, श्रेष्ठले भने।

त्यतिमात्रै होइन, अहिले देशभरका स्वास्थ्य संस्थामा ३० हजार मानिसलाई एकै पटक क्वारेन्टाइनमा राख्न सक्ने क्षमताको विकास भएको छ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता अधिकारी भन्छन्, “कोरोना महामारी सकिएसँगै अहिले थपिएका प्रयोगशाला पनि काम नलाग्ने हुँदैनन्। अरू रोगको परीक्षणको लागि पनि यसलाई उपयोग गर्न सकिन्छ।”

स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकतामा परेको देखिन थालेको छ। केही दिनअघि देखापढीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “यो महामारीले संसारभरका देशलाई स्वास्थ्य पूर्वाधारमा लगानी बढाउनुपर्ने पाठ सिकाएको छ, हामी पनि यसका लागि दृढतापूर्वक अघि बढ्छौं।”

कोरोना महामारीका कारण सिर्जित समस्याले सरकारको ध्यान स्वास्थ्य क्षेत्रमा केन्द्रित गरेको छ। आगामी आर्थिक वर्षको लागि बजेट तयारीमा जुटेको सरकारलाई अर्थतन्त्र उकास्ने उपाय सहित स्वास्थ्य पूर्वाधार विकासमा लगानी बढाउन दवाव सिर्जना भएको छ।

" /> काठमाडौं। गत माघ महीनाको पहिलो साता नेपालमा कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशला नै थिएन। चीनको वुहानबाट फर्किएका एक युवामा कोभिड–१९ को लक्षण देखिएपछि उनको स्वाव परीक्षणको लागि नमूना विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाएर परीक्षण गरिएको थियो।

"> महामारी थेग्‍ने प्रयाससँगै बन्दैछन् स्थायी स्वास्थ्य पूर्वाधार: Dekhapadhi
महामारी थेग्‍ने प्रयाससँगै बन्दैछन् स्थायी स्वास्थ्य पूर्वाधार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्