"> लकडाउनका बेला राहत पाउनुभएन ? यी अधिकारीलाई सम्पर्क गर्नुस्: Dekhapadhi
लकडाउनका बेला राहत पाउनुभएन ? यी अधिकारीलाई सम्पर्क गर्नुस्
काठमाडौं। के तपाईं समस्या हुनुहुन्छ तर, राहत पाउनु भएकाे छैन ? छैन भने अब चिन्ता लिनु पर्दैन।
किनभने हरेक स्थानीय तहसँग राहतका विषयमा समन्वय गर्नका लागि सरकारले सातवटै प्रदेशमा सहजकर्ता ताेकेकाे छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशमा लकडाउनका कारण खानपानमा कुनै समस्या नहोस् भन्दै स्थानीय तहसँग समन्वय गर्न उपसचिवलाई समन्वय तथा सहजीकरणको जिम्मेवारी दिएको हो।
लकडाउनका कारण असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस् भनी स्थानीय तहहरूमार्फत् राहत उपलब्ध गराउँदै आइएको छ। तर, धेरै ठाउँमा राहत नपाएको जनगुनासो बढेपछि सरकारले समन्वय र सहजीकरण उपसचिवहरूलाई जिम्मेवारी दिएको हो। उनीहरूका नाम र सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएकाे छ।
त्यस्तै गण्डकी प्रदेशका लागि बाबुराम भुसाल (९८४१३५३६८३), प्रदेश नम्बर ५ का लागि डिलाराम पन्थी (९८४१६२३२२८), कर्णाली प्रदेशका लागि रामप्रसाद वाग्ले (९८४९२४५५१२) र सुदूरपश्चित प्रदेशका लागि रेशमलाल कँडेल (९८५१२१३८२३) लाई सहजकर्ता तोकिएकाे छ।
मन्त्रालयकी शाखा अधिकृत रीनु थपलियाको हस्ताक्षरसहित जारी गरिएको सूचनामा आ-आफ्नो क्षेत्रमा राहत नपाएका र खानपानमा समस्यामा परेका व्यक्तिहरूले सम्पर्क गर्न अनुरोध गरिएकाे छ। साथै समस्यामा परेका व्यक्तिबारे सूचना दिनसमेत मन्त्रालयले अनुरोध गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्