भक्तपुर। कक्षामा शिक्षक एक्लै छन्। उनलाई सुन्ने विद्यार्थी कोही छैनन्। छन् त केवल वरिपरि ठड्याइएका क्यामेरा र एकजना क्यामेराम्यान।
यिनै क्यामेरा र क्यामेराम्यानलाई विद्यार्थी मानेर उनले वृत्त, त्रिभूज, चतुर्भुजबारे पढाइरहेका छन्। यो कुनै फिल्मको सुटिङस्थल पनि हैन। यो त हो- भक्तपुरको च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा। र, त्यसरी पढाउन व्यस्त शिक्षक हुन्- रोशनराज टुईटुई।
उनले भर्चुअल माध्यमबाट कक्षा १० को ज्यामिति पढाइरहेका थिए। कक्षामा विद्यार्थी त कोही थिएन तैपनि उनी विद्यार्थीसँग अन्तरक्रिया गरेसरी नै पढाइरहेका थिए।
“विद्यार्थी छैनन्, तर पनि छन् भन्ने सोचेर पढाउनुपर्छ”, रोशनले भने, “भर्चुअल कक्षाको विशेषता नै यही हो।”
एसईईको अन्तिम तयारीमा पुगेर परीक्षा दिन नपाएका विद्यार्थीहरूको लागि भक्तपुर नगरपालिकाले भर्चुअल कक्षा सञ्चालन गरेको हो। हरेक दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म बागीश्वरीमा विभिन्न ६ विषयका कक्षाहरूको भिडिओ रेकर्डिङ हुन्छ। अनि ती भिडिओ सामग्री हरेक दिन बेलुका ५ बजेदेखि ८ बजेसम्म भादगाउँ टेलिभिजनबाट प्रसारण हुन्छ।
थप अध्ययनको लागि सहयोगी
बागीश्वरीकै कक्षा १० मा अध्ययरत १६ वर्षीया शीतल बरूवाल पनि टेलिभिजन हेरेरै फेरि एसईईको तयारी गर्न थालेकी छन्। “बिर्सिएको कुराहरू पनि फेरि सम्झिरहेको छ,” उनले भनिन्, “यो एकदम सहयोगी भइरहेको छ।”
भर्चुअल कक्षा आएदेखि छोरी यसमा व्यस्त भएकाले आमा जयश्री बरूवालले बताइन्। उनले भनिन्, “परीक्षा कहिले हुने हो, टुंगो छैन। छोरीले पढ्न नसक्ने हो कि भन्ने चिन्ता थियो, अब त्यो हट्यो।”
लकडाउनको कारण शिक्षक साथै विद्यार्थीहरू बाहिर निस्कन पाउँदैनन्। लामो समयसम्म अध्ययन नभए विद्यार्थीको अध्ययनमा असर पर्ने भएकाले भर्चुअल कक्षा उपयोगी हुने शिक्षक रोशन बताउँछन्।
“कक्षाकोठामा इन्टरएक्सन गर्दै पढाएको जस्तो त हुँदैन,” उनले भने, “विद्यार्थीले पढिसकेको कुरा रिभाइज गराउने प्रयास हो।” उनले आफ्ना र साथीहरूको विद्यार्थीलाई यो भर्चुअल कक्षामा सहभागी हुन आग्रह गरेका छन्।
भादगाउँ टेलिभिजनको फेसबुक पेजमार्फत् पनि लाइभ प्रसारण हुने भएकाले विद्यार्थीहरूमा केही जिज्ञासा भए त्यसमा लेख्न सक्छन्। शिक्षकले त्यसमा सुझाव दिन्छन्।
रोशनले दुई वर्ष अघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित भर्चुअल कक्षामा समेत पढाएका छन्।
के हो भर्चुअल कक्षा ?
यी कक्षामा विद्यार्थीको प्रत्यक्ष उपस्थिति रहँदैन। तर, कक्षाकोठाझैँ यहाँ कक्षा लिने शिक्षकहरूले पाठसँग सुहाउँदोरूपमा पावरप्वाइन्ट, चार्ट, चित्र, मेटाकार्डलगायतका शैक्षिक सामग्रीको प्रयोग गरेर पढाउँछन्।
शिक्षकले विद्यार्थीहरू छन् भन्ने ठानेरै ‘भाइबहिनीहरू’ भन्दै सम्बोधन गरेर वास्तविक कक्षा बनाउने प्रयास गर्छन्। यसरी तयार भएको भिडिओ कक्षा टिभी तथा युट्युवको माध्यमबाट प्रसारण गरिन्छ।
नयाँ होइन अभ्यास
भर्चुअल कक्षाको यो अभ्यास आफैंमा नयाँ भने होइन। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक माधव दाहालका अनुसार भूकम्पको समयमा पनि यसको अभ्यास गरिएको थियो।
१२ वैशाख २०७२ मा गएको महाभूकम्पले १४ जिल्लाका विद्यालय भवन क्षतविक्षत बनाइदियो। यसबाट धेरै विद्यार्थी प्रभावित भए। उपत्यकाबाहेक ११ वटा जिल्लाका विद्यालय क्षतिग्रस्त हुन पुगे।
भूकम्पका कारण भवन भत्किए। विज्ञान प्रयोगशाला ध्वस्त बन्यो। डेस्कबेन्च पुरिए। केही महीना पढाइ पूर्णतः प्रभावित भयो। यसले गर्दा एसईई दिने विद्यार्थीहरू पढाइ नभएपछि पीडित हुन पुगे।
त्यतिबेला नै वैकल्पिक कक्षाको रूपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा भर्चुअल कक्षाको शुरूआत हुन गएको निर्देशक माधव बताउँछन्।
“विद्यालयमा पठनपाठन हुने अवस्था सिर्जना हुन सकेन। अस्थायी सिकाइ सेन्टरहरू बनाएर पनि प्रयास गरियो। तर, त्यसले पनि विद्यार्थीहरूलाई स्कुल आउने जाने वातावरण मात्रै बन्यो। थप केही भएन”, उनले भने, “नियमित हुनुपर्ने कक्षाहरू सञ्चालन हुन सकेनन्। यस्तो अवस्थामा डिजिटल कक्षा वा भर्चुअल कक्षाको सोच अगाडि आयो।”
एकातिर भूकम्पका कारण भवन भत्किएको थियो। अर्कोतिर विद्यालयमा विषयगत शिक्षक दरबन्दीको अभाव। त्यसमाथि दुर्गम भेगका विद्यालयमा शिक्षक जान नमान्ने प्रवृत्ति। यस्ता विद्यालयहरूमा समेत यो माध्यम प्रभावकारी बन्न सक्छ भन्ने सोचले भर्चुअल कक्षा शुरू गरिएको निर्देशक माधव बताउँछन्।
“दुर्गम भेगमा अहिले पनि विषयगत शिक्षकको अभावले गर्दा आइए पढेका वा मावि मात्र पढेका शिक्षकले कक्षा ९ र १० मा पढाइरहेको अवस्था छ”, उनी भन्छन्, “यस्तो समस्यालाई सम्बोधन गर्न हाम्रो यो कक्षा उपयोगी हुन्छ भन्ने उद्देश्यले सञ्चालन गरिएको हो।”
१४ वटा जिल्ला प्रभावित भएको बेला पनि २०७२ सालमा ११ जिल्लाका १०० विद्यालयलाई मात्रै लक्षित गरेर भर्चुअल कक्षा शुरू गरिएको थियो। ती विद्यालयमा ब्रोडबैंक इन्टरनेट सर्भिस, सामानहरू उपलब्ध गराएर लाइभ कक्षा लिएका थिए शिक्षकहरूले।
शिक्षकले सानोठिमीको कक्षामा पढाउँथे, उता डिभाइस जोडेको विद्यालयमा विद्यार्थीहरू अगाडि बसेर पढ्थे। विद्यालयमा जोडेको उक्त डिभाइसले लाइभ प्रसारण गरिदिन्थ्यो। यो क्रम एक वर्षसम्म चल्यो। दोस्रो वर्ष थप ६५ विद्यालय थपेर १६५ विद्यालयमा कक्षा सञ्चालन गरियो। यो अभ्यास चल्दै गर्दा मन्त्रालयले नीतिगतरूपमा यसका विषयवस्तुमा मुल्यांकन गर्दै गयो।
“देशमा आठ हजार भन्दा बढी माध्यमिक विद्यालय छन्, त्यसैले यो भर्चुअल कक्षाले अन्य भेगका विद्यार्थीलाई पनि समेट्ने र अन्य विद्यालयले पनि उपभोग वा लाभ उठाउन सकुन् भन्ने सुझाव मन्त्रालयबाट आयो”, माधवले भन्छन्, “तर सबै विद्यालयमा यो डिभाइस जोडेर जान धेरै खर्चिलो हुने रहेछ। त्यसैले यो रूपमा हामी गएनौं। भर्चुअल कक्षा यहाँबाट उत्पादन गर्ने र टेलिभिजन च्यानलबाट प्रसारण गर्ने योजना बनायौँ। अनि यसरी प्रसारण गर्दा विद्यालयले टेलिभिजन र एनालग प्रविधि जोडेपछि भएजति विद्यालयमा सेवा पुग्न सक्छ।”
यही क्रममा नै दुई वर्षअघिबाट एनटीभीप्लस मार्फत् कक्षा १० को कक्षा प्रसारण थालियो।
“अहिले हामी अनिवार्य विषयभन्दा बाहिर गएका छैनौँ। ऐच्छिक विषयहरू धेरै छन्, त्यसैले सबैलाई समेट्न गाह्रो हुन्छ”, उनी भन्छन्।
विषयगत शिक्षक नभएको ठाउँका र अनुभव कम भएका शिक्षकहरूले पनि यी सामग्री हेरेर पढाउन सकुन् भनेर भिडिओ कक्षा चलाइएको उनी बताउँछन्। टेलिभिजनमा समयमै हेर्न नसक्ने विद्यार्थीलाई पनि सजिलो होस् भनेर युट्युबमा पनि ती भिडिओ कक्षाहरू राखिएको छ। कुनै विद्यालयले माग गरे हार्ड डिस्कमा राखेर उपलब्ध गराउने प्रावधानसमेत बनाइएको माधवले जानकारी दिए।
" /> भक्तपुर। कक्षामा शिक्षक एक्लै छन्। उनलाई सुन्ने विद्यार्थी कोही छैनन्। छन् त केवल वरिपरि ठड्याइएका क्यामेरा र एकजना क्यामेराम्यान।यिनै क्यामेरा र क्यामेराम्यानलाई विद्यार्थी मानेर उनले वृत्त, त्रिभूज, चतुर्भुजबारे पढाइरहेका छन्। यो कुनै फिल्मको सुटिङस्थल पनि हैन। यो त हो- भक्तपुरको च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा। र, त्यसरी पढाउन व्यस्त शिक्षक हुन्- रोशनराज टुईटुई।

">