काठमाडौं। ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता रद्द गरेको १८ दिनपछि चीनबाट औषधिसहितका स्वास्थ्य सामग्री ल्याउने अन्तिम सम्झौता भएको छ।
नेपाली सेनाले चीनबाट ३४० टन औषधि खरिद गर्ने अन्तिम सम्झौता आज गरेको हो। नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले जीटूजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने सम्झौता गरेर पठाइएको बताए।
“हामीले सम्झौतामा हस्ताक्षर गरेर आज पठाइसकेका छौँ। चिनियाँ पक्षले पनि सम्झौतामा हस्ताक्षर गर्छ”, उनले भने, “त्यसपछि औषधिसहितका स्वास्थ्य सामग्री ल्याउने क्रम शुरू हुन्छ।”
सेनाले चिनियाँ स्वास्थ्य सामग्री उपलब्ध गराउने सरकारी निकायसँग सम्झौता गरेको हो। प्रवक्ता पाण्डेले आज पैसा पठाउन नसकिएको भन्दै भोलि ८ वैशाखमा पैसा पठाइने जानकारी दिए।
चिनियाँ पक्षले पैसा पठाएको सात दिनभित्रमा स्वास्थ्य सामग्री पठाउन शुरू गर्ने प्रतिबद्धता जनाएको छ।
“पहिलो चरणमा अत्यावश्यक सामानहरू ल्याइने छ”, पाण्डेले भने, “चरणबद्ध रूपमा आवश्यक सबै सामान ल्याउने विषयमा कुरा भइसकेको छ। त्यसै अनुसारले सामान आउँछ।”
३४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ। उनले दुईहप्ता भित्रमा सबै सामान ल्याउने तयारी भइरहेको बताए।
चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागिएको हो। छाउनीमा स्थापना गरिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र अन्तर्गतको लजिस्टिक कलस्टरले बनाएको स्वास्थ्य सामग्रीको विवरण अनुसार नेपाली सेनाले चीनसँग खरिद गर्ने सम्झौता गरेको हो।
यसअघि सरकारले ओम्नीसँग स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो। ओम्नीले प्रतिबद्धता अनुसार सामान ल्याउन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले १९ चैतमा सम्झौता रद्द गर्ने निर्णय गरेको थियो।
१५ चैतमा नै बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिने सरकारको निर्णयमा चौतर्फी आलोचनासमेत भएको थियो।
सेनाले खरिदको जिम्मा पाएपछि स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न ५ देशमा त्यहाँ रहेका नेपाली दूतावासमार्फत् पत्राचार पनि गरेको थियो। अन्तिममा चीनसँग नै सामान ल्याउने सम्झौता भएको हो।
" /> काठमाडौं। ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता रद्द गरेको १८ दिनपछि चीनबाट औषधिसहितका स्वास्थ्य सामग्री ल्याउने अन्तिम सम्झौता भएको छ।नेपाली सेनाले चीनबाट ३४० टन औषधि खरिद गर्ने अन्तिम सम्झौता आज गरेको हो। नेपाली सेनाका प्रवक्ता, सहायक रथी विज्ञानदेव पाण्डेले जीटूजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्ने सम्झौता गरेर पठाइएको बताए।

">