चीनमा कोभिड-१९ का १२ बिरामी थपिए

बेइजिङ। कोभिड-१९ को उद्‍गम देश चीनमा आइतबार थप १२ नयाँ बिरामी पाइएका छन्।

तीमध्ये आठ बिरामी विदेशबाट फर्केका चिनियाँ नागरिक हुन्, बाँकी चार जना स्थानीय स्तरमै कोरोना भाइरसको संक्रमणमा परेका हुन्।

कोभिड-१९ को जस्तो लक्षण देखिएका तर प्रयोगशाला परीक्षणको रिपोर्ट नआइसकेका ४९ जना नयाँ बिरामीलाई आइसोलेसनमा राखिएको छ।

सरकारी सञ्‍चारमाध्यम पिपुल्स डेलीका अनुसार चीनमा हालसम्म ८२ हजार सात सय ४७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।

यस्तै, चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ७७ हजार ८४ जना उपचारपछि निको भएर घर फिरेका छन्।

प्रतिक्रिया दिनुहोस्