अफगानिस्तानका राष्ट्रपति कार्यालयकै कर्मचारीमा कोभिड-१९
<p>काबुल। अफगानिस्तानका राष्‍ट्रपति कार्यालयका कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ। </p>
<p>राष्‍ट्रपति असरफ घानीको कार्यालयका २० कर्मचारीमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। तर, आइतबार न्युयोर्क टाइम्सले त्यो संख्या ४० पुगिसकेको उल्लेख गरेको छ </p>
<p>राष्‍ट्रपति घानीमा भने संक्रमण देखिएको छैन। देशव्यापी त्रास सिर्जना हुन नदिन सरकारले राष्‍ट्रपति कार्यालयमै महामारी फैलिएको विषयलाई गुपचुप राखिएको एक उच्च सरकारी कर्मचारीले समाचार एजेन्सी एएफपीसँग बताए।</p>
प्रतिक्रिया दिनुहोस्