काठमाण्डौं। कोभिड-१९ बाट मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या २८ पुगेको छ।
गैरआवासीय नेपाली संघका अनुसार मृत्यु हुनेमा बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जना छन्। यो संख्या दुई दिनअघिसम्मको हो।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड-१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले उक्त तथ्यांक संकलन गरेको संघले जनाएको छ।
विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली हालसम्म कोरोनाबाट संक्रमित भएका छन्।
संक्रमित हुनेमध्ये विदेशमा बसेका नेपालीमा अमेरिकामा करीब ७००, बेलायतमा २००, संयुक्त युएईमा ७१, बहराइनमा ४९, आयरल्याण्ड र पोर्तुगलमा २२/२२, कुवेतमा २१, अष्ट्रेलियामा ११, स्पेनमा १०, स्विट्जरल्याण्डमा ५, जर्मनी, बेल्जियम र साउदी अरबमा ४/४, क्यानडा र मलेसियामा ३/३, माल्टामा २ तथा फ्रान्स, जापान, म्यान्मार र हङकङमा १/१ जना रहेको उपसमितिले जनाएको छ ।
संघका अनुसार विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, राष्ट्रिय समन्वय परिषदहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर यो विवरण तयार पारिएको हो।
" /> काठमाण्डौं। कोभिड-१९ बाट मृत्यु हुने गैरआवासीय नेपालीहरूको संख्या २८ पुगेको छ।गैरआवासीय नेपाली संघका अनुसार मृत्यु हुनेमा बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जना छन्। यो संख्या दुई दिनअघिसम्मको हो।

">