ईपीएस पास गरेकाहरूको कोरिया जाने प्रक्रिया लकडाउन खुलेपछि <p>काठमाडौं। श्रम मन्त्रालयले लकडाउन खुलेपश्&zwj;चात कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेकाहरूको कोरिया जाने प्रक्रिया शुरू हुने जानकारी गराएको छ।</p> <p>विश्&zwj;वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को कारण ईपीएस उत्तीर्ण गरी अन्यौल भएर बसेकाहरूका लागि मन्त्रालयको कल सेन्टरले सो जानकारी गराएको हो।</p> <p>मन्त्रालयका अनुसार कोरिया जाने प्रक्रियामा रहेका र श्रम सम्झौतामा हस्ताक्षर गर्न नपाएकाहरूले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउनेछन्।</p> <p>त्यस्तै विदामा आएर भिषा सकिएकाहरूको भिषा अवधि बढाउन कोरिया सरकारले सूची माग गरेको भन्दै मन्त्रालयले हरेक १५ दिनमा सूची पठाइएको पनि जानकारी गराएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्