कास्की कांग्रेसले भन्यो- 'एक महीनाको राहत प्याकेज ल्याऊ' <p>कास्की। नेपाली कांग्रेस कास्कीले न्यूनतम एक महीनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ।</p> <p>जिल्ला सभापति कृष्ण केसीले विज्ञप्ति निकालेर पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको भन्दै त्यसलाई तत्काल सुधार गरी न्यूनतम एक महीनाको राहत प्याकेज ल्याउन माग गरेका हुन्।</p> <p>राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागितामा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ।</p> <p>लकडाउनका कारण समस्यामा परेकाहरूको लगत संकलन गरी राहत वितरण व्यवस्थित र पारदर्शी गर्नुपर्ने कास्की कांग्रेसको माग छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्