ट्रम्प भन्छन्- अमेरिका चीनमा अनुसन्धानकर्मी पठाउन चाहन्छ <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्प स्थानीय समयअनुसार आइतबारको प्रेस ब्रिफिङमा फेरि चीनमाथि खनिए। र, भने, &lsquo;अमेरिका चीनमा अनुसन्धानकर्मी पठाउन चाहन्छ।&rsquo;</p> <p>आफ्नो मुलुकमा कोभिड-१९ का बिरामी र मृतक संख्या निरन्तर उकालो लागिरहँदा राष्&zwj;ट्रपति ट्रम्प भने चीनतिर निशाना साँधेर परिस्थितिलाई लगातार विषयान्तर गर्न खोजिरहेका छन्।</p> <p>&lsquo;अमेरिका चीनमा अनुसन्धानकर्मी पठाएर कोभिड-१९ को महामारीका बिरामी र मृतक संख्या यकिन गर्न चाहन्छ,&rsquo; उनले आइतबारको प्रेस ब्रिफिङमा भने, &lsquo;हामीले पहिलेदेखि नै चीनलाई भन्दै आएका छौं कि हामी अनुसन्धान गर्न चाहन्छौं। अझै पनि हामी त्यहाँ जान चाहन्छौं।&rsquo;</p> <p>सीएनएनका अनुसार चीनले कोभिड-१९ को महामारीबाट भएको मृत्यु र बिरामी संख्या लुकाएको आरोप राष्&zwj;ट्रपति ट्रम्पले लगाउँदै आएका छन्। चीनतिर निशाना साँध्दै गर्दा अमेरिकामा भने दिनानुदिन हताहती बढ्दो छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्