तातोपानी नाकाबाट चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रियो

मेलम्ची। स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयातमा वृद्धि भएको छ।

गत साताबाट पुनः संचालनमा आएको सो नाकाबाट हिजो, ७ वैशाखमा सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए।

अहिले नाकाबाट निर्वाध रूपमा सामान आयात भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्