सुदूरपश्‍चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
प्रदेश सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले अधिवेशन अन्त्य गरेकी हुन्।
कोभिड-१९ महामारीको जोखिमको कारण प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश सभा सचिवालयले सूचनामार्फत्  हिँउदे अधिवेशन अन्त्यको जानकारी गराइएको छ।
गत ६ माघबाट शुरू भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा थिए।
विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गरेका थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्